कतारका राजा नेपाल आइपुगे

Apr 23, 2024 04:15 PM Merolagani

कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । मंगलबार दिउँसाे ३ बजेर ३५ मिनेटमा उनी काठमाडाैंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।  

उनी आफ्नो नीजी विमानमा आइपुगेका हुन् । कतारका राजा लिन राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा नै पुगेका थिए । उनकाे स्वागतमा नेपाली सेनाले २१ तोपको सलामी दिने भएको छ ।

राजा थानी दुई दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका हुन् । अब  राष्ट्रपति पौडेलसँग उनकाे शीतलनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसैगरी, होटल सोल्टीमा आज उनका लागि राष्ट्रपतिद्वारा रात्रीभोज आयोजना गरिएकाे छ ।

यस्तै, भाेलि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग राजा थानीकाे द्विपक्षीय भेटवार्ता गहुने तय भएकाे छ । उनी बुधबार बेलुकी नै कतार फर्किने भएका हुन् ।

राजा थानी आइतबार कतारबाट एसियाली देशहरूको भ्रमणमा निस्केका थिए । उनी बंगलादेशबाट नेपाल आइपुगेका हुन्।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।