प्रि ओपन सेसन अपडेटः २ अंक बढ्यो नेप्से

Apr 25, 2024 10:52 AM Merolagani

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ०.१५ अंक बढेर १९६९.१७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.१८ अंक बढेर १९७१.३६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३९ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा २२ स्टकको ३६ लाख २९ हजार ३६६ रुपैयाँ ८० पैसाबराबरको ६ हजार ५५० कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने ८ स्टकको मूल्य घटेको छ।

comments powered by Disqus