चैतसम्म जीवन बीमा कम्पनीले संकलन गरे १ सय १० अर्ब प्रिमियम, सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स

Apr 25, 2024 06:29 PM MeroLagani

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ खर्ब भन्दा बढी बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले चैत मसान्तसम्म १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।


जीवन बीमा कम्पनीहरुको व्यवसाय गत वर्षको तुलनामा ५ दशमलब ११ प्रतिशतले बृद्धि भएको छ । गत वर्षको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब ४ अर्ब ७३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।

 

तेस्रो त्रैमासम्म १४ मध्ये तीन वटा बीमा कम्पनीको व्यवसाय गत वर्षको तुलनामा खस्किएको छ भने बाँकी ११ वटा कम्पनीले व्यवसाय बढाउन सफल भएका छन् ।

चैत मसान्तसम्म सबैभन्दा बढी भित्र्याउने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिसम्म २९ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरी सर्वाधिक व्यवसाय गर्ने कम्पनी बनेको छ ।

त्यस्तै, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स इन्स्योरेन्सले १२ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यता एलआइसी नेपालले पनि १२ अर्ब ८३ करोड रुपैयाँ प्रिमियम उठाएर तेस्रो स्थान कायम गर्न सफल भएको छ ।

यसका साथै हिमालयन लाइफ इन्स्योरेन्सले १२ अर्ब ३३ करोड ५ लाख रुपैयाँ, सुर्यज्योति लाइफ इन्स्योरेन्सले ६ अर्ब ५२ करोड, एशियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ७८ करोड, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ४ अर्ब २७ करोड, सिटिजन लाइफ इन्स्योरेन्सले ४ अर्ब २४ करोड, मेट लाइफ इन्स्योरेन्सले ४ अर्ब १३ करोड, आइएमई लाइफ इन्स्योरेन्सले ३ अर्ब २९ करोड, प्रभु महालक्ष्मीले ३ अर्ब ६ करोड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ९८ करोड र सन नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ७८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

गत आवको तुलनामा चालु आवमा सर्वाधिक व्यवसाय बढाउन नेशनल लाइफ इन्स्योरेन्स सफल भएको छ । गत वर्षको चैत मसान्तसम्म ११ अर्ब ३७ करोड रुपैयाँ प्रिमियम उठाएको नेशनल लाइफ इन्स्योरेन्सले चालु आवको यस अवधिसम्म १३.४१ प्रतिशतले बढाएर १२ अर्ब ८९ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ११.७४ प्रतिशत, एशियन लाइफ इन्स्योरेन्सको ११.५० प्रतिशत, आइएमई लाइफ इन्स्योरेन्सको १०.१९ प्रतिशत, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ८.८१ प्रतिशत, हिमालयन लाइफ इन्स्योरेन्सको ८.७३ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको ८.०४ प्रतिशत, मेट लाइफ इन्स्योरेन्सको ६.६२ प्रतिशत, सिटिजन लाइफ इन्स्योरेन्सको ५.६५ प्रतिशत, सुर्यज्योति लाइफ इन्स्योरेन्सको ५.१५ प्रतिशत र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ५.०४ प्रतिशतले व्यवसाय बृद्धि भएको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।