न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यस्ताे आदेश दिएको हाे। यसअघि जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न दिएकाे आदेश नै सर्वाेच्चले सदर गरेकाे हाे । रायमाझी लगायतले साे आदेश विरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।
अदालतका अनुसार रायमाझीसहित तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा थुनामुक्त नहुने भएका हुन्।
नक्कली भुटार्नी शरणार्थी प्रकरणमा पूर्वसांसद एवं कांग्रेस नेता आङटावा शेर्पा रिहा हुने भएका छन् ।सर्वोच्च अदालतले शेर्पालाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हाे । यसैगरी, जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले शेर्पालाई पुर्पक्षका लागि थुनामा राख्न गरेकाे आदेश सर्वाेच्च अदालतले बदर गरेको हो ।
त्यसैगरी, उच्च अदालतले गोबिन्द कुमार चौधरीलाई थुनामा पठाउन दिएकाे आदेश पनि सर्वोच्चले बदर गर्दै धरौटीमा छाेड्न आदेश दिएको छ । यसका साथै, तत्कालिन हज समितिका अध्यक्ष शमशेर मियालाई पनि सर्वोच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।