फरवार्ड माइक्रोफाइनान्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै उल्लेख्य बढ्यो

Apr 26, 2024 05:34 AM Merolagani

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FOWAD) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६७.१६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ४ करोड ३६ लाख रुपैयाँ थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज र खर्च घटेका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६.१६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७.३९ प्रतिशत घटेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ४.०५ प्रतिशत र सञ्चालन मुनाफा १८०.०३ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ५.८८ प्रतिशतबाट बढेर ८.२६ प्रतिशत पुगेको छ। यद्यपि लघुवित्तको इम्पेरमेन्ट चार्ज भने ४८ करोड ५५ लाखबाट घटेर ४२ करोड १५ लाख रुपैयाँमा झरेको छ। यसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ २१ पैसा बढेर १४ रुपैयाँ ७२ पैसा रहेको छ। चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ३४ पैसा रहेको छ।

तेस्रो त्रैमाससम्ममा लघुवित्तको वितरण योग्य मनुाफा ११ करोड ६५ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य आम्दानी ४२ रुपैयाँ ७८ पैसा रहेको छ।

१ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ७८ करोड रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा लघुवित्तले ८ अर्ब ७८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १९ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।