नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार ६७५ रुपैयाँ किनबेच भइरहेको छ । बिहीबार प्रतितोला एक हजार ६५५ रुपैयाँमा किनबेच भएको थियो ।