नेशनल लाईफ इन्स्योरेन्सले गरायाे १४० जना बढि अभिकर्ताहरुलाई घान्द्रुकको भ्रमण

Apr 26, 2024 04:02 PM Merolagani

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.(NLICL)ले १४० जना भन्दा बढि अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र घान्द्रुकको भ्रमण गराएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भदाै महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई भ्रमण गराएकाे हाे ।

भ्रमण कार्यक्रममा सहभागि भएका अभिकर्ताहरुले यस प्रकारको भ्रमण कार्यक्रमबाट देशैभर छरियर रहेका अभिकर्ताहरु बिच चिनजान हुनुका साथै एक आपसको अन्तर  क्रियाबाट धेरै कुराहरु जान्न बुझ्न पाउने अवसर जुराई दिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

३ रात ४ दिन सम्म संचालन गरिएको उक्त भ्रमण कार्यक्रममा सहभागी अभिकर्ताहरुले मनोरञ्जन लिएकाे कम्पनीले जानकारी दिएकाे छ । 

 

comments powered by Disqus