सामान्य अंक बढ्यो नेप्से, लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण

May 07, 2024 03:09 PM Merolagani

मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला ३ कारोबार दिनदेखि घटिरहेको नेप्से ,यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक २.०६ अंक बढेर १९६०.८१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ३८ हजार २१४ पटकको कारोबारमा २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको ५० लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन लघुवित्त कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमा ९ लघुवित्त कम्पनीहरु रहेका छन्। जसमध्ये हिमालयन लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्तको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने समता घरेलु लघुवित्तको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको बोटलर्स नेपाल (तराई) को शेयरमूल्य यस दिन सर्वाधिक ६.२३ प्रतिशत घटेको छ।

अधिकांश लघुवित्त कम्पनीहरुको शेयरमूल्य बढेसँगै लघुवित्त उपसमूहको परिसूचक यस दिन अरु उपसमूहको तुलनामा उच्च दरमा बढेको छ। सो उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४३ प्रतिशत बढेको छ। विकास बैंक, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य बढेको छ। कारोबारमा आएका वित्त र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन ८ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन आरएसडिसी लघुवित्तको साढे ६ करोडको शेयर कारोबार भएको छ भने हिमालयन लघुवित्तको कारोबार रकम ५ करोड नाघेको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।