वित्त र लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण

May 08, 2024 03:11 PM Merolagani

बुधबार दोस्रो बजारमा वित्त र लघुवित्त कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ। यस दिन यी दुई उपसमूहको परिसूचक उच्च दरमा बढेको छ।

यस दिन १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.११ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक २.७६ प्रतिशत बढेको छ। जलविद्युत र व्यापार उपसमूहको परिसूचक भने यस दिन सामान्य बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन इन्फिनिटी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १२७ रुपैयाँ ९० पैसा बढेर १ हजार ४०७ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन दोल्ती पावर र समता लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको कुमारी सबल योजनाको इकाई यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

बुधबार नेप्से परिसूचक करिब स्थिर रहेको छ। यस दिन नेप्से ०.२१ अंक घटेर १९६०.६० विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुबै ०.०९ अंक बढेको छ।

नेप्से करिब स्थिर रहेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब १४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको ४१ हजार १३७ पटकको कारोबारमा २ अर्ब ५४ करोड ७० लाख रुपैयाँ बराबरको ५८ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन फस्ट माइक्रोफाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १० करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ग्रामिण विकास लघुवित्तको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।