अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५.६३ अंक बढेर १९६६.२३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.५५ अंक बढेर १९७३.७८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.६९ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा ५१ स्टकको २ करोड ५ लाख २६ हजार ९२७ रुपैयाँ २० पैसाबराबरको १२ हजार ७१० कित्ता शेयर कारोबार भएको छ। जसमध्ये ३३ स्टकको मूल्य बढेको छ भने १४ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।