बाणिज्य बैंक बन्ने आधार खोज्दैछ यती बिकास बैंक

Dec 12, 2014 Tilak Koirala



तत्कालीन मनकामना बिकास बैंकको खराब कर्जाले थलिएर तङिग्रदै गरेको यती बिकास बैंक एनबी समूहको नाममा रहेको एनसीसी बैंकको ११ लाख कित्ता संस्थापक शेयर लिलाम गरेर नयाँ फड्को मार्ने सोचाईमा छ ।

एनबी समूहले उपभोग गरेको कर्जाको साँबा ब्याज नतिरेपछि बैंकले एनसीसीको सो शेयर लिलाम गर्ने अन्तिम सूचना निकालिसकेको छ । 

सो शेयर प्रति कित्ता दुई सय पचास रुपैयाँको दरमा बिक्री भएमा बैंकले कम्तिमा २७ करोड रुपैयाँ प्राप्त गर्नेछ । यसलाई नाफामा देखाउँन पाउँदा बैंकको अबस्थामा उल्लेखनीय सुधार भएको देखिने छ । बैंकका एक अधिकारीले मेरोलगानी डटकमसँग भने–एनबी समूहको त्यो शेयर लिलाम गरेपछि हामी निकै राम्रो अबस्थामा पुग्ने छौ ।


बिकास बैंकहरु मध्ये सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंक हो –यती । उसँग १ अर्ब ३८ करोड चुक्ता पूँजी र ७ अर्ब निक्षेप छ । बाणिज्य बैंक बन्ने सपनासहित हेटौडाको यति फाईनान्स, काठमाडौका मनकामना बिकास बैंक र भ्याली फाईनान्स मर्ज भएका थिए तर खराब कर्जाले थिचिएपछि त्यो त्यतिमै सिमित रह्यो ।

एनबी समूह जस्तै तीन वटा ठूला ऋणीहरुको खराब कर्जा उठाएपछि यतीले बाणिज्य बैंक बन्ने आफ्नो अधुरो सपना पुरा गर्ने आधार फेरि खोज्ने भएको छ । बैंकका अधिकारीले आफ्ना सबै गतिविधिहरु बणिज्य बैंक बन्नेतर्फ नै उन्मुख रहेको जनाएका छन् । स्तर उन्नति गरेर आफै बाणिज्य बैंक बन्नलाई राष्ट्र बैंकलगायतका निमायक निकायहरुको स्वीकृति प्राप्त नभए अरुसँग मर्ज भएर बाणिज्य बैंकको स्वरुप ग्रहण गर्ने गरी दुबै खाले प्रयास हुने उनले बताए ।


बैंकका ती बरिष्ठ अधिकारीका अनुसार बैंकले चालु आर्थिक बर्षमा उल्लेखनीय खुद नाफा गरी आगामी आर्थिक बर्षमा हुने साधारणसभामा लगानीकर्तालाई लाभांश बाड्ने योजनाका साथ अगाडि बढिरहेको छ । बैंकका  अधिकारीले योजना सुनाए – यसै बर्षभित्र हामी पूर्ण रुपमा स्वस्थ बन्छौ, खुद नाफा गरेर आउने असार मसान्तको वासलात राम्रो गराउँछौ अनि अर्को बर्ष हुने साधारणसभामा लगानीकर्ताहरुलाई केही लाभांश अबश्य दिनेछौ ।


बैंक चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ७ करोड ६७ लाख रुपैयाँले घाटामा रहेको छ, जब कि त्यो गत बर्षको सोही अवधिमा ३२ करोडले ऋणात्मक थियो । यस त्रैमासमा खुद घाटाको अबस्थामा ७६ प्रतिशतले कमी आएको देखिएको छ । खराब कर्जा असुली गर्नासाथ प्रोभिजन गरेको रकम जोखिम कोषबाट फिर्ता ल्याएर नाफामा देखाउन पाईने हुँदा बैंकका अधिकारीले गरेको दावी सही सावित हुने प्रशस्त आधार रहेको मान्न सकिन्छ । 

                            पहिलो त्रैमासमा यतीको अबस्था 
 
विवरण  यस बर्ष गत बर्ष प्रगति प्रतिशत
चुक्ता पूँजी 138.62 135.39 2.39
निक्षेप 709.46 588.89 20.28
कर्जा 593.32 537.39 10.41
ब्याज आम्दानी  2.79 1.35 106.67
कर्मचारी खर्च 1.84 2.21 (16.74)
संचालन खर्च 2.36 2.42 (2.48)
संचालन नाफा  (8.89) (3.59) 147.63
खुद नाफा  (7.67) (32.45) (76.36)
निस्क्रिय कर्जा 16.67 20.8 (19.9)
प्रोभिजन 9 33.62 (73.2)
रकमलाई करोडमा देखाईएको छ ।
 



बैंकले यस  पहिलो  त्रैमासमा ब्याज आम्दानी बढाएर कर्मचारी र संचालन खर्च घटाए पनि संचालन नाफा भने १४७ प्रतिशतले नकारात्मक छ । बैंकको खराब कर्जाको अनुपात सुधारिएर १६.६७ रहेको छ जब कि त्यो अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासमा २०.८ प्रतिशत थियो । बैंकले गत बर्षको पहिलो त्रैमासमा ३३ करोड ६२ लाख रुपैयाँ खराब कर्जा वापत प्रोभिजन गरेकोमा यस बर्षको सोही अवधिमा ९ करोड मात्र जोखिम कोषमा राखेको छ । गत बर्षको पहिलो त्रैमासमा ४ करोड ६५ लाख जोखिम कोषबाट नाफामा सारेकोमा यस बर्ष ९० लाख मात्र सार्न सकेको छ । बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५४ पैसाले नकारात्मक, मूल्य आम्दानी अनुपात २३ रुपैयाँ ४७ पैसाले नकारात्मक र प्रतिशेयर नेटवर्थ ५५ रुपैयाँ ८० पैसा मात्र रहेको छ ।

सिताराम प्रसाईले नेपाल साना तथा घरेलु उद्योग बिकास बैंकको नाममा स्थापना गरेर संकटग्रस्त अबस्थामा पुर्याएपछि ब्यवसायी लक्ष्मणबाबु श्रेष्ठको चितवन कोई समूहले बैंकलाई मनकामना विकास बैंकको नामाकरण गरी सुधारको प्रयास गरेको थियो ।

 

काठमाडौको दरबारमार्ग जस्तो महंगो ठाउंमा भाडाको घरमा केन्द्रीय कार्यालय रहेको यतीका २५ शाखा, २५ एटीएम र १ सय ७० जना कर्मचारी छन् ।


यसैबीच, बैंकका प्रशासन तथा ब्यापार शाखा प्रमुख प्रकाश घिमिरेले राष्ट्र बैंकले तोकेको सीमा भित्र रही पर्याप्त धितो र आधार मुल्याङकन गरी पछिल्ला दिनहरुमा कर्जा प्रबाह गरिएकाले जोखिम ब्यवस्थापन सहज भएको बताउनुभयो । उहाँले प्रशासनिक खर्चहरु कम गर्दैं ब्यापार बढाउने दिशामा बैंक केन्द्रित रहेको पनि उल्लेख गर्नुभयो ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।