शेयरको मूल्य बढेपछि बिक्रीकर्ताको चाप पर्दा नेप्सेमा उतार चढाव

Dec 15, 2014 Mero Lagani



नेपाल स्टक एक्सचेन्जमा गत बुधवारदेखि शेयर मूल्य बढ्ने क्रम सुरु भएकोमा आईतबार तीब्र उछाल आएपछि सोमबार बजारमा बिक्रीकर्ताको चाप पर्यो ।

बढेको मूल्यमा शेयर बेचेर नाफा सुरक्षित गर्न खोज्ने लगानीकर्ताहरुको चापले सोमबार सुरुमा १७ अंक सम्मले बढेर ९२७ पुगेको नेप्से बीचमा बिक्रीकर्ताको चाप पर्दा १० अंकसम्म घटेर ९०० सम्ममा ओर्लियो । 

कारोबार बन्द हुँदा नेप्से फेरि ७ अंकले सकारात्मक भई ९१६.७४ मा पुगेको छ । आईतबारको तुलनामा कारोबार रकम  ७ करोड भन्दा बढीले बढेर ३५ करोड ७२ लाख रुपैयाँको शेयर बिनबेच भएको छ । यस दिन नेपाल बैंकको सबैभन्दा धेरै ७ करोड ३१ लाख रकम बराबरको शेयर किनबेच भएको छ । त्यसैगरी केही बिकास बैंकहरुको शेयर मूल्य उच्च दरमा बढेका छन् । यस दिन ब्यापार र बिकास बैंक समूह सूचक घटे पनि अरु समूह सूचकहरु सकारात्मक देखिए । 

 

आईतबार नेप्सेमा तीब्र उछाल आई ३९ अंक भन्दा बढीले बढेको थियो । कारोबार रकम पनि गत बिहीबारको तुलनामा १० करोड भन्दा बढीले बढेको थियो ।


समग्र बजार बढ्ने क्रममा नै रहेको देखिए पनि नाफा सुरक्षित गर्नेहरुका कारण उतार चढाव आउनु स्वभाविक मान्न सकिन्छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।