बीओकेलाई फेरि के आईपर्यो यस्तो आपत् ?

Dec 16, 2014 Mero Lagani



बैंक अफ काठमाडौ (BOK) मेलम्ची खानेपानी आयोजनामा चिनियाँ ठेकेदारको ग्यारेन्टी बिबादबाट उम्किन नपाउँदै फेरि अर्को ठूलो समस्यामा फसेको छ ।

एकातिर नेपाल स्टक एक्सचेन्जले आफ्नो कारोबार बीओकेबाट झिकेर ग्लोबल आईएमईसँग गर्ने घोषणा गरेपछि बैंकबाट ठूलो रकम घटेको छ भने अर्कोतिर एउटै ऋणीको झण्डै ४८ करोड नउठेर समस्यामा परेपछि बैंकका अधिकारीहरुमा छट्पटी सुरु भएको छ । 


हेटौडाको एभरेष्ट भिनायल प्रालिको नाममा बैंकले प्रवाह गरेको ४८ करोड सहबित्तीयकरण कर्जा खराव कर्जामा परिणत भए पछि बीओके ऋण असुली न्यायाधिकरणको शरण परेको छ । बैंकले ४८ करोड ५ लाख ९९ हजार ४ सय ४४ रुपैंया ८२ पैसा एभरेष्ट भिनायलबाट असुल उपर गराईदिन माग गर्दै न्यायाधीकरणमा १०१/०७०/१८९ दर्ता नम्वरमा निवेदन दर्ता गराएको छ ।

 

बीओकेले संयोजन गरी भिनायललाई सहवित्तीयकरण कर्जा अन्र्तगत हिमालयन बैंक, ग्लोवल आइएमई, नबिल र सनराइज बैंकबाट कर्जा उपलब्ध गराईएको थियो । उद्योग संचालक भई ऋण लिने व्यक्ति विकास कुमार कठोरी दक्षिण कोरिया पुगेर उतै हराएका छन् भने उद्योगको मसिनरी र जग्गासमेत गरी जम्मा २५ करोड मात्र मुल्याङकन भएकाले सबै ऋण असुलीको संभावना न्युन छ । हेटौंडा औधोगिक क्षेत्रमा कित्ता नम्बर ६१६ र २८० मा रहेको जग्गा र त्यहाँ रहेका मसिनरी तत्काल बिक्ने संभावना पनि छैन् । बीओकेसँग न त एभरेष्ट भिनायलको अरु सम्पति धितो छ न त संचालक कठोरीलाई नै समात्नसक्ने अबस्था छ ।

 

बीओकेको कर्जा असुली बिभागका मिश्रीलाल यादवले भिनायललाई ऋण दिएर समस्यामा परेपछि न्यायाधीकरण गुहारेको स्वीकार गरे पनि विस्तृत बिबरण दिन असमर्थ रहेको बताउनुभयो । यादवले भन्नुभयो– भिनायललाई ऋण दिएको पनि हो, न्यायाधीकरणमा निबेदन पनि दिएको हो, यसबाहेक मलाई केही थाहा छैन् ।


श्रोतका अनुसार ऋण असुली हुने संभावना नरहेकाले ऋण असुली प्रक्रियाको औपचारिकता पुरा गर्न मात्र बीओकेले न्यायाधीकरणमा निबेदन दिएको हो । सहबित्तीयकरणमा सहभागी अन्य बैंकहरुले बीओकेलाई कर्जा असुलीका लागि दबाब दिएपछि बीओके चेपुवामा परेको बताईन्छ ।


ग्लोबल आईएमई र नबिल बैंकका कर्जा असुली बिभागका अधिकारीहरु आफुहरुले बीओकेकै जिम्मेवारीमा भिनायललाई ऋण प्रबाह गरेकाले उठाईदिने जिम्मेवारी पनि उसैको हो भन्छन् । नबिलका रिकभरि विभागका सन्तोष पाण्डेले भन्नुभयो– ऋण असुली न्यायाधीकरणमा मुद्धा हालेका छौं, सबै कुरा बीओकेले संयोजन गरेको छ, उसैलाई थाहा होला ।


कठोरीले एभरेष्ट भिनायलमार्फत कपडा, कृत्रिम छाला र सो सम्बन्धी सामाग्री उत्पादन गर्ने गरी हेटौडा औधोगिक क्षेत्र भित्र उद्योग खोलेको बहाना गरेका थिए । पछि उद्योगको नाममा बैंकहरुलाई ठगेको रहस्य खुलेपछि उनी कुनै पनि औपचारिक सुचना बिना नै उद्योग बन्द गरी बेपत्ता भएका थिए । उद्योग बन्द हुँदा त्यहां दुई सय ५१ मजदुर कार्यरत थिए ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।