Fri, Apr 24, 2026
नेपाल स्टक एक्सचेन्जमा शेयर भाऊ घटेर नेप्से तल झर्ने क्रम आज पनि जारी रहेको छ । गत सोमबारदेखि बजार ओरालो लाग्न थालेकोमा आज कारोबार सुरु भएको एक घण्टामा नेप्से १० अंक भन्दा बढीले घटी ९०० भन्दा तल झरेको छ ।
बजारमा अधिकांश कम्पनीको शेयरमा बिक्रीकर्ताकै चाप रहेको छ ।
सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।