बैंकिड. क्षेत्रलाई विश्वब्यापी संरचनामा लैजाने भन्दै राष्ट्र बैंकको अनुसन्धान बिभागले तयारी थालेपछि बैंकिडं
क्षेत्रमा तरड्ग उत्पन्न भएको छ । बर्गीकरण हटाईए पनि पूँजीको आधारमा कारोबार र स्तर तोकिने नीति भने राष्ट्र बैंकले कायमै राख्ने संकेत गरेकोे छ । अन्य देशहरुमा साना बित्तीय कम्पनीहरुले पनि बैंक लेख्न पाउने प्रचलन रहेको बताईन्छ ।
बिकास बैंक र फाईनान्सहरुले बाणिज्य बैंकले जस्तै काम गर्न पाउनुपर्ने माग गर्दै आएको बेला राष्ट्र बैंकले नयाँ नीति ल्याउन लागेको हो । यसबाट अब फाईनान्स र बिकास बैंकहरुलाई बाणिज्य बैंक बन्नैपर्ने बाध्यता भने हट्ने संकेत देखिएको छ । राष्ट्र बैंकले बित्तीय क्षेत्रका ज्ञाताहरु र सरोकारवाला निकायहरुसँग छलफल मात्र थालेकाले नयाँ नीति तत्काल आईहाल्ने अबस्था भने छैन ।