डिम्याट शेयर कारोबारमा अन्योल हटाउनु नै पहिलो प्राथमिकता हो – सिताराम थपलिया, अध्यक्ष, सीडीएससी

Dec 18, 2014 Mero Lagani



नेपाल स्टक एक्सचेन्ज (नेप्से)को स्वामित्वमा रहेको सीडीएस एण्ड क्लियरिड. लिमिटेडको अध्यक्षमा नेप्सेकै महाप्रबन्धक सिताराम थपलिया चयन हुनुभएपछि अब यस क्षेत्रमा देखिएको अन्योल हट्ने आशा पलाएको छ ।

थपलियाले मेरोलगानी डटकमसँग कुराकानी गर्दै आफ्नो पहिलो प्राथमिकता अभौतिक (डिम्याट) शेयर कारोबारमा कायम रहेको अन्योल हटाउनु र सीडीएसको पूर्ण कार्यान्वयन गराउनु रहेको जानकारी दिनुभएको छ । प्रस्तुत छ, थपलियासँगको संक्षिप्त कुराकानी

सीडीएससीको अध्यक्ष पनि भैसकेपछि अब डिम्याट शेयर कारोबारमा रहेको अन्योल कसरी हटाउनुहुन्छ ?


हामीले पहिलो बैठकबाट नै धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज र सीडीएससी रहेको त्रिपक्षीय समिति गठन गरिसकेका छौ । यसले ढिलोमा आईतबारदेखि नै काम सुरु गर्नेछ । यो समितिले अहिले हाम्रो सीडीएससीको सिष्टमको लोड परीक्षण गर्नेदेखि कुनै पनि जोखिम र समस्या निराकरण गर्ने काम गर्छ । हाम्रो सिष्टममा सुरक्षित कारोबार गराउन सिष्टम भेण्डर कम्पनी सीएमसी कम्पनी ईण्डियाबाट प्राविधिक ब्यक्तिहरु बोलाएर पनि निराकरण गर्नेछ ।

 

डिम्याट शेयरमा कर्जा सम्बन्धी अन्योल चाँही कसरी हटाउनुहुन्छ ?

 

डिम्याट शेयर धितो ऋणको अन्योल हटाउने बारेमा पनि प्राथमिकतासाथ काम गर्छौ । बैंकहरुको रोक्का प्रक्रिया, प्रमाण र बेच्न चाहेको बेला बेच्ने प्रक्रियामा केही रिजरभेसन छ जस्तो लागेको छ । शेयर धितो दिदा यसरी बैंक सुरक्षित हुन्छ भनेर त्यसलाई हामीले सकेसम्म चाडै नै स्पष्ट पार्ने प्रयासमा छौं । बैंकरहरुसँग नै बसेर छलफल गरेर हामी निराकरण गछौ । यो नयाँ प्रणाली त हैन, नयाँ कुरा हामीले गर्न लागेको पनि हैन । विश्वमा नै चलिआएको प्रणाली हो , मात्रै प्रक्रिया के हो र कसरी काम गर्ने हो भन्ने कुरा स्पष्ट गर्ने हो ।

माघ २ गतेदेखि नै बाणिज्य बैंकहरुको पूर्ण अभौतिक कारोबार सुरु होला त ?


हामीले सीडीएससीबाट प्रस्ताव गरेको त्यही हो । धितोपत्र बोर्डले अहिलेसम्म हाम्रो प्रस्ताव स्वीकृत गरिसकेको पनि छैन, अस्वीकृत गरेको पनि छैन् । यसको मतलव काम नगर भनेको पनि हैन । यस विषयमा पनि हामीले पहिलो बैठकबाट गठन गरेको समितिले निर्णय गर्छ । पूर्ण रुपमा अभौतिक कारोबार गर्न तयारीका लागि कति समय लाग्छ, त्यही समितिले भन्छ । मलाई लाग्छ, हामी त्यही समयलाई केन्द्रित गरेर अगाडि बढ्छौ ।

 

नेप्सेले सीडीएससीको स्वामित्वसँगै नेतृत्व पनि लिईसकेपछि समग्र रुपमा कसरी अगाडि बढ्नुहुन्छ ?

 

हाम्रो अगाडि अहिले सीडीएसलाई पूर्ण कार्यान्वयन गर्नु नै पहिलो काम हो । हामी पूर्ण रुपमा केन्द्रित हुन्छौ, अरु खास विषयहरु छैनन् । यसमा देखिएका अन्योलहरु हटाउँदै सीडीएस कार्यान्वयनमा केन्द्रित हुन्छौ । अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेप्सेको निर्देशन र निर्णयहरु अनुसार नै अगाडि बढ्ने हो । हाम्रो समग्र ध्यान नै सीडीएसको पूर्ण कार्यान्वयन हो ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।