लगातारको घटाईपछि नेप्से बल्ल हरियो, १० अंकको बृद्दिसँगै कारोबार रकम पनि बढ्यो

Dec 24, 2014 Mero Lagani



नेपाल स्टक एक्सचेन्जमा लगातार शेयर मूल्य घटेर निरास बनेका लगानीकर्तालाई बुधबारको कारोबारले भने केही आशाबादी बनाएको छ । नेप्सेमा १०.५९ अंकको बृद्धिसँगै परिसुचक ८८७.८० पुगेर कारोबार रकम पनि सामान्य रुपमा बढेपछि लगानीकर्ताहरु उत्सहित भएका हुन् । अघिल्लो दिन नेप्से ८ अंकले घटेको थियो ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा झण्डै २ करोडले बढेर १७ करोड ७६ लाख बराबरको शेयर खरिद बिक्री भएको छ । बीमा, जलविद्युत, बैंकिङ, बिकास बैंक र अन्य समूहरुमा आशलाग्दो बृद्धि देखिएको छ । यस दिन साधारणसभाको लागि शेयरधनी दर्ता किताव बन्द भएर शेयर मूल्य समायोजन भई कारोबार खुलेको स्वावलम्बन बिकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै प्रतिशतले बढेको छ भने केही बिकास बैंक र फाईनान्स कम्पनीहरुको शेयर मूल्य धेरै प्रतिशतले घटेको छ । एनसीसी बैंकको शेयर नामसारी बिबादले निर्धारित साधारण सभाको मिति र शेयरधनी दर्ता किताब बन्दको कार्यक्रम स्थगित भएर अन्योल उत्पन्न भएपनि खाली हस्तान्तरणमा रहेको शेयर बेच्न नपाउने नेप्सेको निर्देशन आएपछि सो कम्पनीको शेयर मूल्य पनि बढेको छ । 

 कारोबार रकम बढी हुनेहरुमा भने प्राईम बैंक, नेपाल लाईफ र चिलिमे जलविद्युत रहे ।

 

नयाँ संबिधान लेखनमा देखिएको अन्योलले शेयर बजार पनि प्रभावित हुँदै आएको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।