शेयर बजार ओरालो लाग्दा सिद्दार्थ म्युचुअल फण्डलाई यसरी लाग्यो घाटा

Dec 28, 2014 Mero Lagani



शेयर बजार ओरालो लाग्दा सिद्दार्थ सामुहिक लगानी कोषको सम्पति मूल्यमा पनि ह्रास आएको छ ।

कोषले मंसिर महिनामा मात्रै दुईवटा योजनाहरुको लगानीमा १६ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । 


सिद्दार्थ म्युचुअल फण्डले शेयर बजारमा १ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ । फण्डले प्रकाशित गरेको मंसिर महिनाको अपरिस्कृत बित्तीय विवरणहरुका अनुसार सिद्दार्थ लगानी बृद्धि योजना –१ अन्तर्गत ८५ करोड ७४ लाख रुपैयाँ लगानी विभिन्न कम्पनीका १२ लाख ५९ हजार कित्ता शेयर खरिद गरिएको छ भने दोस्रो योजना सिद्दार्थ ईक्विटी आरिन्टेड स्किम अन्तर्गत ६१ करोड ३० लाख रुपैयाँ लगानी गरी ७ लाख ११ हजार कित्ता शेयरहरु खरिद गरिएको छ ।

पहिलो योजना अन्तर्गत कुल शेयर लगानीमा सम्पतिको मूल्य ८० करोड ६५ लाख छ भने दोस्रो योजनामा ४७ करोड १३ लाख रुपैयाँ मात्र छ । पहिलो योजनामा १२ करोड ४ लाख रुपैयाँ घाटा रहेको छ भने दोस्रो योजनामा ३ करोड ७९ लाख रुपैयाँ घाटा रहेको छ । कार्तिक महिनामा पहिलो योजनामा १६ करोड ४३ लाख रुपैयाँ र दोस्रो योजनामा ६ करोड २७ लाख रुपैयाँ घाटा थियो । पहिलो योजनाको खुद सम्पति ८६ करोड ८२ लाख रुपैयाँ छ भने दोस्रो योजनाको ९७ करोड ५ लाख छ ।

सिद्दार्थ म्युचुअल फण्डकी ब्यवस्थापक बर्षा ठकुरीले नेपाल स्टक एक्सचेन्जको दोस्रो बजारमा शेयर खरिद गर्दाको बखत भन्दा अहिले मूल्य घटेकाले फण्डलाई घाटा देखिएको बताउनुभयो । उहाँले हरेक महिना बित्तीय विवरण प्रकाशित गरिरहनुपर्ने र शेयर बजारमा उतार चढाव आईरहने भएकाले योजनामा सहभागी भएका लगानीकर्ताहरु आत्तिनुपर्ने अबस्था नरहेको बताउनुभयो । उहाँले शेयर बजार उकालो लाग्दा फण्डको घाटा कम हुँदै गएर नाफा बढ्दै जाने उल्लेख गर्नुभयो ।


योजनाले खरिद गरेका शेयरहरुमा बोनस तथा हकप्रद शेयर समेत थपिने क्रममा रहेको देखिएको छ । योजना १ मा गत बर्षको नाफा समेत धेरै संचित रहेको छ भने सिद्दार्थ ओरियण्टेड स्किम यसपालि मात्रै संचालनमा आएकाले संचित नाफा छैन । पहिलो योजनाको प्रति ईकाई मूल्य १७.१७ रुपैयाँ र दोस्रो योजनाको मूल्य ९.६२ रहेको छ ।


सामान्य लगानीकर्ताको तुलनामा यस्ता कोषहरुले जोखिम मूल्याङकन र कम्पनीको अबस्था विश्लेषण गरी राम्रा धितोपत्रहरुमा लगानी गर्ने हुँदा दीर्घकालीन रुपमा घाटा खानुपर्ने अबस्था रहँदैन ।


हाल नेपालमा सिद्दार्थसहित ५ वटा सामुहिक लगानी कोषहरुले सार्वजनिक निश्काशन गरिसकेका छन् । यस्ता कोषहरुले योजना बिक्रीबाट प्राप्त भएका धेरै रकम शेयर बजारमै लगानी गर्ने हुँदा शेयर बजारको स्थायित्वमा टेवा पुगेको छ ।




दीपेन्द्र अग्रवाल पक्राउ पर्नुको कारण यस्तो रहेछ, ब्रोकर र अग्रवाल बीच उधारो सेटलमेन्टको पुरानै लफडा

Jul 21, 2025 05:08 PM

सोमबार शेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पक्राउ गर्‍यो। पक्राउ गर्नुको कारण प्रहरीले ठगी गरेको आरोप भनेर प्रतिक्रिया दियो। सोही कारण उनी अहिले प्रहरी हिरासतमा छन्। के कति कारणले प्रहरीले पक्राउ गरेको हो भने अहिलेसम्म प्रहरीले थप केही बताएको छैन। उसले अनुसन्धान भइरहेको भनेर मात्रै भनेको छ।