प्राईम कमशिर्यल बैंक पनि अब पाँच अर्बको दौडमा, तत्काल मर्जमा भने नजाने

Dec 28, 2014 Mero Lagani



प्राईम कमशिर्यल बैंकले  आफ्नो चुक्ता पूँजी बढाएर पाँच अर्ब नघाउने उपायको खोजीमा लागेकोे छ । बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले  मेरो लगानीडटकमसँग कुरा गर्दै अब आफ्नो बैंक पनि पाँच अर्ब चुक्ता पूँजी पुर्याउन कस्सिएको बताए । 


‘हामीले अहिले पनि चुक्ता पूँजी बृद्धिका लागि १९ प्रतिशत बोनश सेयर वितरण गरिरहेका छौं,’ उनले भने, ‘अव बैंकको चुक्ता पूँजी पाँच अर्व पु¥याउने विषयमा पनि गृहकार्य भइरहेको छ ।’


१९ प्रतिशत बोनश सेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्व १४ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको नीति अनुसार बाणिज्य बैंकको चुक्ता पूँजी २ अर्ब रुपैयाँ चाहिनेमा हामीले ३ अर्बभन्दा बढी बनाईसकेका छौं,’ उनले भने, ‘ तर पनि बैंकले आफ्नो कारोबार दायरा बढाई अन्य प्रतिस्पर्धी बैंकहरुको दाँजोमा उभिन चुक्ता पूँजी बढाउँदै लैजानु आबश्यक छ ।


हालै बैंक संचालक समितिले अधिकृत पूँजी पाँच अर्व पु¥याउने निर्णय गरेकोमा सो निर्णयलाई नेपाल राष्ट्र बैंकले समेत स्वीकृति दिइसकेको छ । पुस २९ गते हुने बैंकको सातौं साधारणसभाले पारित गरेमा बैंकको अधिकृत पूँजी पाँच अर्ब हुनेछ ।


उनले पूँजी बृद्दिका लागि तत्काल अन्य बैंक तथा बित्तीय संस्थाहरुसँग मर्जमा भने नजाने स्पष्ट पारे । मानन्धरका अनुसार बैंकले गत शुक्रबार सम्ममा कुल ३७ अर्व निक्षेप संकलन गरी ३० अर्वभन्दा बढी रकम कर्जा प्रवाह गरेको छ । बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा १६ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको थियो ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।