प्राईम कमशिर्यल बैंक पनि अब पाँच अर्बको दौडमा, तत्काल मर्जमा भने नजाने

Dec 28, 2014 Mero Lagani



प्राईम कमशिर्यल बैंकले  आफ्नो चुक्ता पूँजी बढाएर पाँच अर्ब नघाउने उपायको खोजीमा लागेकोे छ । बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरले  मेरो लगानीडटकमसँग कुरा गर्दै अब आफ्नो बैंक पनि पाँच अर्ब चुक्ता पूँजी पुर्याउन कस्सिएको बताए । 


‘हामीले अहिले पनि चुक्ता पूँजी बृद्धिका लागि १९ प्रतिशत बोनश सेयर वितरण गरिरहेका छौं,’ उनले भने, ‘अव बैंकको चुक्ता पूँजी पाँच अर्व पु¥याउने विषयमा पनि गृहकार्य भइरहेको छ ।’


१९ प्रतिशत बोनश सेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्व १४ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको नीति अनुसार बाणिज्य बैंकको चुक्ता पूँजी २ अर्ब रुपैयाँ चाहिनेमा हामीले ३ अर्बभन्दा बढी बनाईसकेका छौं,’ उनले भने, ‘ तर पनि बैंकले आफ्नो कारोबार दायरा बढाई अन्य प्रतिस्पर्धी बैंकहरुको दाँजोमा उभिन चुक्ता पूँजी बढाउँदै लैजानु आबश्यक छ ।


हालै बैंक संचालक समितिले अधिकृत पूँजी पाँच अर्व पु¥याउने निर्णय गरेकोमा सो निर्णयलाई नेपाल राष्ट्र बैंकले समेत स्वीकृति दिइसकेको छ । पुस २९ गते हुने बैंकको सातौं साधारणसभाले पारित गरेमा बैंकको अधिकृत पूँजी पाँच अर्ब हुनेछ ।


उनले पूँजी बृद्दिका लागि तत्काल अन्य बैंक तथा बित्तीय संस्थाहरुसँग मर्जमा भने नजाने स्पष्ट पारे । मानन्धरका अनुसार बैंकले गत शुक्रबार सम्ममा कुल ३७ अर्व निक्षेप संकलन गरी ३० अर्वभन्दा बढी रकम कर्जा प्रवाह गरेको छ । बैंकले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा १६ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।