सोमबार एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, चिलिमे जलविद्युत, सानिमा बैंक जस्ता राम्रा कम्पनीहरुको शेयर धेरै
कारोबार हुनुमा संस्थागत र ठूला लगानीकर्ताहरुकै हात रहेको बुझिएको छ ।
सोमबार भएको शेयर कारोबारमा सुरुमा बिक्रीकर्ताको चाप परे पनि अन्त्यतिर सुधारिदै गएर नेप्से साढे तीन अंकले बढेर ९०७ नाघेको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा घटे पनि आईतबार नेपाल लाईफको ठूलो संख्यामा संस्थापक शेयर खरिद बिक्री भएको कुरालाई छाडिदिने हो भने सोमबारको कारोबार रकमलाई संतोषजनक मान्नुपर्छ ।
यस दिन बाणिज्य बैंक, जलविद्युत, होटल, बिकास बैंक लगायतका सबै समूह बढे पनि बीमा र फाईनान्स समूह भने ऋणात्मक रहे । बिराटलक्ष्मी बिकास बैंक, नागबेली लघुवित्त, मिथिला लघुवित्त, फस्ट माईक्रोफाईनान्स लगायतका कम्पनीका शेयरधनीले यस दिन धेरै कमाए । बढी गुमाउनेहरुमा भने कालिन्चोक बिकास बैंक, नेशनल हाईड्रो र तारा गाउं रिजेन्सी होटलका लगानीकर्ताहरु रहे ।