बजार घट्ने हल्ला फैलाएर शेयर उठाउने रणनीतिमा ठूला र संस्थागत लगानीकर्ता

Dec 29, 2014 Mero Lagani



राजनीतिक वातावरणमा सुधार हुने अपेक्षाका साथ लगानीकर्ताहरु शेयर खरिदतर्फ केन्द्रित भएका देखिएको छ । सस्तोमा शेयर उठाउने रणनीतिमा रहेका संस्थागत र ठूला लगानीकर्ताहरु भने बाहिर बजार घट्ने हल्ला फैलाएर भित्रभित्रै खरिद गर्न थालेका छन् । 

 सोमबार एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, चिलिमे जलविद्युत, सानिमा बैंक जस्ता राम्रा कम्पनीहरुको शेयर धेरै कारोबार हुनुमा संस्थागत र ठूला लगानीकर्ताहरुकै हात रहेको बुझिएको छ ।


सोमबार भएको शेयर कारोबारमा सुरुमा बिक्रीकर्ताको चाप परे पनि अन्त्यतिर सुधारिदै गएर नेप्से साढे तीन अंकले बढेर ९०७ नाघेको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा घटे पनि आईतबार नेपाल लाईफको ठूलो संख्यामा संस्थापक शेयर खरिद बिक्री भएको कुरालाई छाडिदिने हो भने सोमबारको कारोबार रकमलाई संतोषजनक मान्नुपर्छ ।


यस दिन बाणिज्य बैंक, जलविद्युत, होटल, बिकास बैंक लगायतका सबै समूह बढे पनि बीमा र फाईनान्स समूह भने ऋणात्मक रहे । बिराटलक्ष्मी बिकास बैंक, नागबेली लघुवित्त, मिथिला लघुवित्त, फस्ट माईक्रोफाईनान्स लगायतका कम्पनीका शेयरधनीले यस दिन धेरै कमाए । बढी गुमाउनेहरुमा भने कालिन्चोक बिकास बैंक, नेशनल हाईड्रो र तारा गाउं रिजेन्सी होटलका लगानीकर्ताहरु रहे ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।