प्रिमियर ईन्स्योरेन्सको हकप्रद पछि १४ प्रतिशत बोनस दिने प्रस्ताव

Dec 31, 2014 Mero Lagani



प्रिमियर ईन्स्योरेन्स कम्पनी (PIC)ले लगानीकर्तालाई १४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

चुक्ता पूँजी २५ करोड नपुग्दा बीमा समितिको कारबाहीमा परेको प्रिमियरले १.५ को अनुपातमा हकप्रद शेयर जारी गरेपछि त्यसमा १४ प्रतिशत बोनस शेयर जारी गरी पूँजी बृद्दि गर्ने निर्णय गरेको हो । 

हकप्रद शेयर जारी गर्ने निर्णय भने कम्पनीले गत बैसाखमै बिशेष साधारणसभा मार्फत गरेको थियो । हकप्रद शेयरका लागि शेयरधनी दर्ता किताव बन्दको सूचना अहिलेसम्म प्रकाशित नभएको कम्पनीले स्पष्ट पारेको छ । कम्पनीको शेयर मूल्य अहिले धितोपत्र बजारमा ७९० रुपैयाँ छ ।


बीमा समितिले स्वीकृति दिएमा आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले बोनस शेयर पाउने छन् ।


ईन्स्योरेन्सको चुक्ता पूँजी हाल ११ करोड ७३ लाख रुपैयाँ मात्र छ । बीमा कम्पनीहरु मध्ये जीवन बीमाको ५० करोड र निर्जिबन बीमा कम्पनीको २५ करोड भन्दा माथि चुक्ता पूँजी हुनुपर्ने गरी बीमा समितिले तोकेको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।