प्रिमियर ईन्स्योरेन्सको हकप्रद पछि १४ प्रतिशत बोनस दिने प्रस्ताव

Dec 31, 2014 Mero Lagani



प्रिमियर ईन्स्योरेन्स कम्पनी (PIC)ले लगानीकर्तालाई १४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

चुक्ता पूँजी २५ करोड नपुग्दा बीमा समितिको कारबाहीमा परेको प्रिमियरले १.५ को अनुपातमा हकप्रद शेयर जारी गरेपछि त्यसमा १४ प्रतिशत बोनस शेयर जारी गरी पूँजी बृद्दि गर्ने निर्णय गरेको हो । 

हकप्रद शेयर जारी गर्ने निर्णय भने कम्पनीले गत बैसाखमै बिशेष साधारणसभा मार्फत गरेको थियो । हकप्रद शेयरका लागि शेयरधनी दर्ता किताव बन्दको सूचना अहिलेसम्म प्रकाशित नभएको कम्पनीले स्पष्ट पारेको छ । कम्पनीको शेयर मूल्य अहिले धितोपत्र बजारमा ७९० रुपैयाँ छ ।


बीमा समितिले स्वीकृति दिएमा आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले बोनस शेयर पाउने छन् ।


ईन्स्योरेन्सको चुक्ता पूँजी हाल ११ करोड ७३ लाख रुपैयाँ मात्र छ । बीमा कम्पनीहरु मध्ये जीवन बीमाको ५० करोड र निर्जिबन बीमा कम्पनीको २५ करोड भन्दा माथि चुक्ता पूँजी हुनुपर्ने गरी बीमा समितिले तोकेको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।