किन भाँडियो बीओकेसँग आईएलएफसीको मर्ज प्रक्रिया ?

Dec 31, 2014 Mero Lagani



बैंक अफ काठमाडौ (BOK)ले ईन्टरनेशनल लिजिङ एण्ड फाईनान्स(ILFC), नेपाल एक्सप्रेस फाईनान्स र श्री ईन्भेष्टमेन्ट फाईनान्ससँग मर्ज गर्ने भन्दै लामो प्रक्रिया संचालन गरे पनि ड्यु डिलिजेन्स अडिट (डीडीए) प्रतिबेदन आउनासाथ आइएलएफसीसँगको मर्ज भाँडिने अबस्थामा पुगेको छ । डीडीए प्रतिबेदनलाई आधार मान्दै बीओकेले आईएलएफसीलाई निकै कम स्वाप रेसियो प्रस्ताव गरेपछि मर्ज प्रक्रिया भाँडिने अबस्थामा पुगेको बताईन्छ । 

 

बीओकेका प्रबक्ता प्रविन क्षेत्रीले भन्नुभयो–मर्जको क्रममा सबै कम्पनीको डीडीए रिपोर्ट आईसकेको छ । अब हामीसँग मर्जमा जाने सम्झौता गरेका कम्पनीहरुले आ–आफ्ना बोर्डबाट निर्णय गराएर आउनुपर्ने हो । हामी त्यसैको प्रतीक्षामा छौ । अरु कुरा थाहा छैन ।


श्री ईन्भेष्टमेन्ट र नेपाल एक्सप्रेस फाईनान्सले भने डीडीए प्रतिबेदनबारे संचालक समितिमा छलफल हुन बांकी रहेको जनाएका छन् ।

 

आईएलएफसीको चुक्ता पूँजी बाणिज्य बैंक सरह भए पनि अन्य सम्पति र निक्षेप नभएकोले बीओकेले ठूलो भाऊ दिन चाहेको छैन् । स्रोतका अनुसार बीओकेले ३५ प्रतिशत शेयर स्वाप रेसियो कायम गर्ने प्रस्ताव गरेकोमा आईएलएफसीले त्यसलाई अश्वीकार गरेपछि मर्ज भाँिडिएको हो ।  आईएलएफसी संचालक समितिको बैठक बुधबार बसेर छलफल गरेकोमा अधिकारीहरुले बीओकेसँग मर्ज प्रक्रियाँ भाडिएको बारेमा औपचारिक जानकारी दिन चाहेका छैनन् । आईएलएफसीका अध्यक्ष, प्रमुख कार्यकारी र कम्पनी सचिव यसबारेमा जानकारी दिन सम्पर्कमा आउन चाहेनन् । 


१८ बर्ष अघि फाईनान्स कम्पनीको रुपमा स्थापना भई आफै बाणिज्य बैंक बन्ने लक्ष्य लिएर पूँजी बृद्दि गरेको आईएलएफसीलाई फाईनान्स कम्पनीबाट एकैचोटी फड्को मार्न गभर्नर डा. युवराज खतिवडाले रोकेपछि मर्जरको बाटोमा गएको हो । तर अब बीओकेसँगको मर्जर पनि भाँडिने अबस्थामा पुगेपछि अन्योल बढेको छ ।
यी चार वटा संस्थावीच गत जेष्ठ २९ गते आपसमा गाभिएर बैंक अफ काठमाण्डूकै नामबाट संचालन हुने सहमति भएको थियो । मर्ज सम्बन्धी सम्झौता हुँदा बीओकेको चुक्ता पूँजी १ अर्ब ९२ करोड रहेकोमा १० प्रतिशत बोनस शेयर थपिएर २ अर्ब ११ करोड पुगेको छ ।

 

सम्झौताको समयमा इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्सको २ अर्ब ८८ लाख, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको १७ करोड ६० लाख र नेपाल एक्सप्रेस फाइनान्सको १९ करोड ७० लाख चुक्ता पूँजी थियो । आईएलएससीको चुक्ता पूँजी भन्दा कम अर्थात १ अर्ब ४० करोड मात्र निक्षेप रहेको र जगेडा कोष पनि जम्मा ८ करोड मात्र रहेकाले चालु खर्च धान्नै मुस्किल छ । चालु आर्थिक बर्षको पहिलो त्रैमासमा आईएलएफसीले जम्मा ४९ लाख रुपैयाँ मात्र कमाउँन सकेको छ । फाईनान्सको निस्क्रिय कर्जा अनुपात १४.७५ प्रतिशत भन्दा माथि छ जुन राष्ट्र बैंकले तोके अनुसार ५ प्रतिशत भन्दा तल हुनुपर्छ ।

 

बैंक अफ काठमाण्डू लि. को हाल ५० शाखा, ९ एक्सटेन्सन काउन्टर, ५७ एटिएम तथा २४ शाखारहित बैंकिङ्ग सेवा केन्द«हरु संचालनमा रहेका छन् । त्यस्तै, ईन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडको ९, श्री ईन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको २ र नेपाल एक्सप्रेस फाइनान्स लिमिटेडको ४ शाखाहरु संचालनमा छन् ।


सहमतिपत्रका अनुसार मर्जरबाट संस्थाको पूँजी, कार्य दक्षता, स्थिरता, नाफा आर्जन तथा सेवा प्रदान गर्ने क्षमता आदिमा सुधार तथा अभिबृद्धि हुने विश्वास लिइएको थियो ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।