कस्ले बेच्यो एकैदिन नेपाल बैंकको उन्नाईस करोडको शेयर ?

Dec 31, 2014 Mero Lagani



 

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को धितोपत्र बजारमा बुधवार एकैदिन नेपाल बैंकको १९ करोड रुपैयाँको साधारण शेयर खरिद बिक्री भएको छ । तल झर्दै गरेको बजारमा यति धेरै परिमाणमा बाणिज्य बैंकको शेयर किनबेच भएकाले लगानीकर्ताहरुबीच चासोको बिषय बनेको छ । आखिर कसले किनबेच गर्यो त नेपाल बैंकको शेयर ?

 

ब्रोकर नं ३३ दक्षिणकाली ईन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज मार्फत नेपाल बैंकको ठूलो कित्ताको शेयर खरिद बिक्री भएको हो । यस बारेमा ३३ नम्बर ब्रोकर कम्पनीका संचालक दिनेशराज सापकोटासँग सम्पर्क गर्दा उनले बिक्रेता र खरिदकर्ताबारे जानकारी दिन नमिल्ने बताए । स्रोतका अनुसार व्यवसायी रबिभक्त श्रेष्ठले सो शेयर बेचेका हुन् भने धेरै जसो शेयर सोही ब्रोकरले म्याचिङ गरेर खरिद गरिएको छ ।

 

यस दिन ५ लाख ७२ हजार कित्ता नेपाल बैंकका शेयर खरिद बिक्री भएका छन् । नेपाल बैंकको ठूलो कित्ता शेयर कारोबार भएपछि यसको मूल्य पनि घटेर अन्त्यमा ३४५ रुपैयाँ कायम रह्यो ।  समग्र कारोबार ३६ करोड ५० लाखमा नेपाल बैंकको योगदान १९ करोड २२ लाख रुपैयाँ रह्यो । हालै विशेष साधारणसभा सकेको नेपाल बैंकको यति धेरै संख्यामा शेयर किनबेच हुनुलाई अर्थपूर्ण मानिएको छ ।


बुधवार सुरुमा कारोबार सुस्त भए पनि नेपाल बैंकको ठूलो कित्ताहरुको कारोबार हुन थालेपछि वीच समयपछि नेप्सेमा चहल पहल बढेको थियो । परिसुचक ५ अंकले घटेर नेप्से ९०२ मा झरे पनि कालिका माईक्रो फाईनान्स, सेती फाईनान्स, राष्ट्रिय बीमा संस्थानसहित केही लघुवित्तहरुको शेयर मूल्य झण्डै दश प्रतिशतले बढे । त्यस्तै यति बिकास बैंक र एभरेष्ट ईन्स्योरेन्सलगायतका कम्पनीहरुको शेयर मूल्य घटेको छ । नेपाल एसबीआई बैंकको साधारणसभाको पूर्व सन्ध्यामा शेयरधनी दर्ता किताव बन्द हुनुअघि ठूलो कारोबार भएको छ ।


शेयर बजारमा राजनीतिक अन्योलको प्रभाव कायमै रहेको देखिएको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।