किन बढिरहेको छ कालिका माईक्रो फाईनान्सको शेयर मूल्य ?

Jan 01, 2015 Mero Lagani



 

स्याङजाको वालिङमा मुख्य कार्यालय रहेको क्षेत्रीयस्तरको कालिका लघुवित्त बिकास बैंक(KMCDB)को शेयर मूल्य केही दिन यता लगातार बढिरहेको छ । सो बैंकले यही पुस २७ गतेका लागि आब्हान गरेको पाँचौ बार्षिक साधारणसभामा प्रबन्ध पत्र र नियमावली संशोधन बाहेक कुनै पनि खाले लाभांश वितरणको प्रस्ताव नलैजाने स्पष्ट छ । तर पनि सो बैंकको शेयर मूल्य घट्दो बजारमा पनि उकालो लाग्नुको कारण के होला ?


बैंकका कार्यकारी प्रमुख कमलबहादुर खत्रीले तत्काल बैंकले पूँजी बृद्दि गर्ने गरी कुनै पनि प्रस्ताव आसन्न साधारणसभामा नलैजाने स्पष्ट पार्नुभएको छ । उहाँले बैंकले राष्ट्रियस्तरको कार्य क्षेत्र विस्तार गर्ने भएमा भने त्यसबारे आगामी बर्षमा के गर्ने भन्ने बारेमा संचालक समितिले गर्ने निर्णय अहिले नै निश्चित गर्न नसकिने बताउनुभयो ।


५ करोड चुक्ता पूँजी रहेको सो बैंकको १० जिल्ला कार्य क्षेत्र र २० वटा शाखाहरु छन् । राष्ट्रियस्तरको लघुवित्त बिकास बैंकका लागि १० करोड चुक्ता पूँजी चाहिने भएकाले बैंकले आगामी बर्ष बोनस र हकप्रद शेयर जारी गर्नसक्ने संभावना भने देखिन्छ । यही संभावनाकै आधारमा मात्र दोस्रो बजारमा त्यस बैंकको शेयरमा लगानी बढाउनु कति उचित होला भन्ने तर्फ विचार गर्नु आबश्यक भएको लगानीकर्ताहरु बताउँछन् ।


बैंकले गत आर्थिक बर्षमा ४७ लाख खुद नाफा गरेकोमा त्यसलाई जगेडा कोषमा राखेको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।