Sat, Apr 25, 2026
किष्टसहित चार वटा बैंकहरुलाई आफुमा गाभेर बनेको प्रभु बैंकको शेयर कारोबार खुला भएको छ । प्रभु बिकास बैंक, किष्ट बैंक, गौरीशंकर बिकास बैंक र जेनिथ फाईनान्ससँग मर्ज प्रक्रिया सकेपछि प्रभुको शेयर कारोबारमा आउने निश्चत भएको हो ।
नेपाल स्टक एक्सचेन्जले जनाए अनुसार पीबीएल संकेतमा आगामी सातादेखि प्रभु बैंकको कारोबार सुरु हुने छ । कम्पनीको मर्जपछिको पहिलो कारोबारको न्युनतम मूल्य २०७ रुपैयाँ तोकिएको छ । तत्कालीन किष्ट बैंकको निस्क्रिय कर्जा अनुपात बढी हुनाले गर्दा प्रभु बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा सोचे अनुसार प्रगति गर्न सकेको छैन ।
सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।