राजनीतिक अन्योलका बीच पनि बढ्यो नेप्से, लगानीकर्ताको मनोबल बढेको संकेत

Jan 07, 2015 Mero Lagani



 

नयाँ संबिधानका बारेमा दलहरुबीच सहमति हुन नसके पनि मुलुकको पूँजी बजारका लगानीकर्ता भने आशाबादी नै देखिएका छन् ।

बुधबार बालुवाटारमा चार दलको बैठक भांडिए पनि नेपाल स्टक एक्सचेन्जमा भईरहेको शेयर कारोबार भने सकारात्मक दिशातर्फ नै अग्रसर भयो ।

 

मध्यान्हदेखि बढ्न थालेको नेप्से अन्त्यमा ७ अंक सकारात्मक भएर ९२४.५४ मा कारोबार बन्द भयो । त्यसैगरी कारोबार रकम पनि अघिल्लो दिनको भन्दा केही बढेर २६ करोड रुपैयाँको शेयर किनबेच भयो । सबै समूह सुचकहरु बढे पनि बीमा र जलबविद्युत समूहले नेप्सेलाई दह्रो आड  दिएको छ । प्रभु बैंकको शेयर कारोबार खुलेदेखि लगातार त्यस कम्पनीको शेयर मूल्य बढ्ने क्रम भने बुधबारबाट रोकिएको छ तर कारोबार रकममा भने प्रभुले नै अग्रता हासिल गरेको छ । रुरल माईक्रोफाईनान्स बिकास बैंक लगायतका केही बिकास बैंकहरुको शेयर मूल्य बढे्को छ भने पश्चिमाञ्चल बिकास बैंक, पु्रडेन्सियल ईन्स्योरेन्सलगायतका कम्पनीका शेयर मूल्य बढी प्रतिशतले घटेका छन् ।


दलहरुबीच सहमति अनिवार्य रहेको निष्कर्षमा पुगेर लगानीकर्ताहरुले शेयर उठाएको देखिएको छ । संबिधान जारी गर्ने भनि तोकिएको दिन माघ ८ नजिकिदै गर्दा दलहरु कुनै न कुनै खाले सहमतिमा पुग्छन् भन्ने बिस्बास लगानीकर्तामा रहेको पाईन्छ । शेयर कारोबार हुने  साताको अन्तिम दिन  बिहीबार दलहरुबीच सहमति भएमा बढ्दो बजारमा शेयर किन्न नपाईने हो कि भन्ने कुराले पनि लगानीकर्ताहरु बजारबाट शेयर उठाउँन अग्रसर भएको देखिएको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।