एनआईबीएल क्यापिटलको समृद्धि फण्ड १ को बांडफाँड

Jan 08, 2015 Mero Lagani



 

नेपाल ईन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबीएल क्यापिटलले निश्काशन गरेको समृद्दि फण्ड १ को बांडफांड गरिएको छ । ५० हजार ईकाईसम्म माग गर्ने सबैलाई शतप्रतिशत ईकाई बांडफांड गरिएको छ भने त्यस भन्दा बढीे ईकाई आबेदन गर्नेलाई ३४.७७ प्रतिशत बांडफाँड गरिएको जनाईएको छ ।

प्रति ईकाई १० रुपैयाँको सो सामुहिक लगानी कोषमा माग भन्दा बढी आबेदन परेकाले निर्धारित ८० करोड रुपैयाँको ईकाई बिक्रीमा २० करोड बढाई एक अर्बको ईकाई बिक्री गरिएको छ ।
सात बर्षे योजनाका ईकाई धनीले अन्य सामुहिक लगानी कोषका लगानीकर्ताले जस्तै आकर्शक लाभ पाउने बताईएको छ ।

ईकाई परेर रकम बांकी रहेकाहरुलाई पुस २८ गतेदेखि रकम फिर्ता दिईने भएको छ । एनआईबीएल क्यापिटलले गत मंसिर १७ देखि २१ गतेसम्म ईकाई बिक्रीको आब्हान गर्दा तीन गुणा बढी रकमको आबेदन परेको थियो । 


यस अघि सिद्धार्थ क्यापिटल, नबिल ईन्भेष्टमेन्ट र एनएमबी क्यापिटलले यस्ता सामुहिक लगानी कोषका ४ वटा योजनाहरु ल्याईसकेका छन् । अन्यले जस्तै एनआईबीएल क्यापिटलले पनि संकलन भएको मध्ये धेरै रकम पूँजी बजारमै लगानी गर्ने भएको छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।