डिम्याट शेयर कारोबारमा समस्या नआउने प्रत्याभुति गर्न सीडीएससीलाई धितोपत्र बोर्डको निर्देशन

Jan 09, 2015 Hari Gajurel



नेपाल धितोपत्र बोर्डले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) लाई पूर्ण अभौतिक (डिम्याट) सेयर कारोबारको स्पष्ट खाका र प्राविधिक समस्या नआउने प्रत्याभुति गर्न निर्देशन दिएकोे छ । 

धितो पत्र बोर्डका प्रबक्ता निरज गिरीले भने–‘हाम्रो अध्ययन समितिले सीडीएससी सञ्चालनमा औल्याएका केही समस्याहरुमा स्पष्ट हुन यस्तो निर्देशन दिएका हौं । 


सीडीएससीले माघ २ गतेदेखि बाणिज्य बैंकहरुको पूर्ण अभौतिक शेयर कारोबार र राफसाफ गर्ने कार्यतालिका पेश गरेकोमा बोर्डले कारोबार र राफसाफको बारेमा प्रत्याभुति खोजेको बताईन्छ ।

बोर्ड मार्फत् बनेको अध्ययन समितिले सीडीएससी सञ्चालनमा आएपछि कारोबार संख्या बढ्न जाने र त्यो बढेको चाप धान्न सीडीएससीको प्रणाली सक्षम नरहेको प्रतिवेदन दिएको थियो । समितिले सीडीएससीको प्रणालीले पाँच÷ छ हजारभन्दा धेरै कारोबारको राफसाफ गर्न अहिलेको प्रणालीले नसक्ने प्रतिवेदनमा उल्लेख गरेको थियो । प्रतिवेदनले सेयर कारोबारको क्रममा पूँजीगत लाभकर लगाउन, बोनस सेयर समायोजनको लागि बेस रेट गणना गर्न पनि समस्या हुने पनि औल्याएको थियो ।

सीडीएससीले १५ दिनमा डिम्याट सेयरको राफसाफ गर्ने कार्यविधि अनुसार अहिले केही शेयरहरुको अभौतिक कारोबार र राफसाफ गरिरहेको छ । नेप्सेमा कारोबार हुने दिनमा एकसय कारोबार संख्याको हाराहारीमा अभौतिक शेयरहरु किनबेच भईरहेका छन् । डिम्याट भइसकेको सेयरको किनबेचको क्रममा कस्तो प्रक्रिया अपनाइन्छ र कसरी राफसाफ हुन्छ भन्ने कुरा धितोपत्र बोर्ड जस्तो निमायक निकायलाई नै बुझाउन नसक्नु सीडीएससीको कमजोरी रहेको देखाउँछ । सीडीएस कार्यान्वयनको क्रममा हाल धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज र सीडीएससीकै अधिकारीहरु रहेको बिेशष समिति गठन भई कार्य गरिरहेको सन्दर्भमा धितोपत्र बोर्डको अनौठो निर्देशनले अन्योल थपेको छ । यसले माघ २ गतेदेखि बाणिज्य बैंकहरुको शेयरको पूर्ण अभौतिक कारोबार र राफसाफबारेमा अनिश्चितता बढाएको छ ।


सीडीएससीले हालसम्म वाणिज्य बैंकको ७४ लाख कित्ता सेयर डिम्याट गरिसकिएको छ । बाणिज्य बैंकको थप ४७ लाख ७७ हजार कित्ता सेयर सुचीकरणको प्रक्रियामा रहेको छ । हाल सीडीएससीमा २० हजार ६ सय ६१ लगानीकर्ताले डिम्याट खाता खोलिएको छ भने ७७ कम्पनी दर्ता भइसकेका छन् ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।