प्राइम बैंकले कसरी जुटाउदैछ नौ अर्व ?

Jan 11, 2015 Mero Lagani



प्राइम कर्मशियल बैंकले जलविद्युतमा लगानी गर्नका लागि ठूलो मात्रामा विदेशी पूँजी ल्याउने भएको छ ।



‘हाइड्रो फण्ड’ ल्याउने सम्बन्धमा प्राइम बैंकले विभिन्न विदेशी बैंकसँग सम्झौता गरिसकेको समाचार स्रोतले बताएको छ । ‘बैंकले ‘तल्लो सोलु’ हाइड्रोका लागि विदेशी लगानी ल्याउन लागको हो,। ‘जसका लागि ‘लो कस्ट फण्ड’मा ९ अर्व रुपैयाँ ल्याउने सम्झौता गरिसकेको छ ।’

बैंकका कर्मचारी नेपाल भुषण श्रेष्ठका अनुसार ‘ग्यारेन्ट को लिमिटेडसँग यस्तो सम्झौता भइसकेको छ । मौरिससमा रहेको उक्त संस्थासँग सम्झौता भइसकेको छ । उनले भने ।

हाइड्रो फण्ड ल्याउने सम्बन्धमा बैंकले बेलायतमा गएर सम्झौता गरेको हो । उक्त रकम ल्याउनका लागि प्राइमले विभिन्न ५ वटा विदेशी बैंकसँग सम्झौता गरेको छ । हाल बैंकले न्युनतम ब्याजमा उक्त लगानी ल्याउन लागेको छ ।
सोलुखुम्वु जिल्लाको तिङगलामा बन्न लागेको उक्त हाइड्रो पावरको क्षमता ८२ मेगावाट रहेको छ । सो हाइड्रो पावर ‘एक्सेल–क्लिन सोलु हाइड्रोपावर कम्पनी’ले बनाउन लागेको हो । २०७० चैतमा लाइसेन्स प्राप्त गरेको उक्त हाइड्रो पावरको समयावधि २०७२ चैत्रसम्म रहेको छ ।
हालको लागत मुल्य अनुसार उक्त जलविद्युत् आयोजना निर्माणका लागि १३ अर्व ९४ करोड रुपैयाँ लाग्नेछ । अहिले प्रति मेगावाट विद्युत् उत्पादन खर्च १७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।