कुन कुन बैंकले निष्कासन गर्दैछन हकप्रद सेयर ?

Jan 13, 2015 Mero Lagani



बैंक, बित्तीय संस्था र बीमा कम्पनीहरु पूंजी बढाउने अभियानमा लागेका छन् ।   गत बर्षको खुद नाफाबाट बोनस शेयर दिएर पनि पूंजी बृद्दिको लक्ष्य पुरा नभएपछि उनीहरु हकप्रद शेयर निस्काशनको रणनीतिमा छन् । बाणिज्य बैंकहरु चुक्ता पूंजी पाच अर्ब नघाउने रणनीतिमा छन् भने बीमा कम्पनीहरु पनि बीमा समितिले तोकेको सीमा पार गर्न खोजिरहेका छन् । यही क्रममा अब चाडै नै प्राईम बैंक, लक्ष्मी बैंक, सनराईज बैंक, माछापुच्छ्रे बैंक लगायतले हकप्रद शेयर जारी गर्ने तयारी गरिरहेको बुझिएको छ ।

सनराइज बैंकले २२ लाख ३६ हजार ६ सय ५० कित्ता हकप्रद सेयर जारी गर्न लागेको छ । सनराईज बैंकले हाल कायम पुँजीको १० प्रतिशतका दरले हकप्रद दिन लागेको हो । सो बैंकले अघिल्लै बर्ष साधारणसभाबाट यो हकप्रद निश्काशन प्रस्ताव पारित गरी संस्थापकहरुबाट रकम समेत जम्मा पारिसकेको छ । सनराइजका लामो समय देखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको नियुक्ती  हुन सकेको छैन । 

यता, अघिल्लो वर्ष देखि रोकिएको लक्ष्मी बैंकले २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ ।
त्यस्तै माछापुच्छ्रे बैंकले २० प्रतिशत र प्रभु बैंकले १० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछन । 


एनएमबि बैंकसँग मर्जर मा जाने तयारी गरिरहेको भृकुटी डेभलपमेन्ट बैंकले १४ लाख १२ हजार सात सय किता हकप्रद जारी गर्ने तयारी गरिरहेको छ । प्रिमियर इन्सुरेन्सले पनि १३ लाख ४८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । त्यस्तै नेको र एनबी इन्सुरेन्सको समेत हकप्रद सेयर निष्कासन गर्न लागेको बुझिएको छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।