अब बीमा समूहमा तेजी आउने संकेत

Jan 13, 2015 Mero Lagani



राजनीतिक दलहरुबीच असहमतिको खाडल बड्दै गएर विपक्षी दलहरुले राजधानी लगायततका क्षेत्र बन्द गराएकै दिन शेयर बजार भने झण्डै १० अंकले सकारात्त्मक भएको छ । 

यस दिन बीमा समूहमा आएको अकस्मातको तेजीले धेरै लगानीकर्ताको ध्यान खिचेको पाईएको छ । केही ठूला बीमा कम्पनीहरुले गत बर्षको लेखापरीक्षण सकेर लाभांश घोषणाको तयारी थाल्ने संकेत पाउनुसाथ बजारले नयाँ मोड लिएको हो । 

 

परिसुचक ९.६८ अंकले बढेर नेप्से ९३७.४८ पुगेको छ भने कारोबार रकम पनि २३ करोड ५७ लाख रुपैयाँ भएको छ ।
मंगलबार कारोबार हेर्दा बीमा समूशमा उच्च बृद्दि देखिएको छ भने होटल समूहले नेप्सेलाई दोस्रो आधार दिएको छ । बीमा कम्पनीहरुले गत बर्षको कारोबारको लेखापरीक्षण गराई धमाधम लाभांश घोषणा र साधारणसभाको मिति प्रस्ताव गर्ने तयारी गरेकाले गरेकाले लगानीकर्ताहरुलाई त्यो समूहले आकर्शित गरेको पाईएको छ ।

 

कतिपय बीमा कम्पनीहरु अनिवार्य पूंजी बृद्धिको चापमा रहेकाले पनि बोनस र हकप्रद शेयर जारी गर्ने अभियानमा छन् । एलआईसी नेपालले मंगलबारै ३० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेकाले पनि बजार बढ्नमा थप मद्धत पुग्यो । मंगलबारको कारोबार रकममा बीमा कम्पनीहरुकै बाहुल्यता देखिनुले पनि लगानीकर्ताहरु बीमा क्षेत्रमा लागेको बुझ्न सकिन्छ । यसले आगामी केहि दिनको शेयर बजारलाई प्रभावित पार्ने स्पष्ट संकेत देखिएको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।