नीजि क्षेत्रका बैंकहरुमा अर्व माथि नाफा आर्जन गर्न सफल नेपाल इन्भेष्टमेन्ट,एभरेष्ट,नबिल,स्टयान्डर्ड चार्टड,हिमालयन,ग्लोवल आइएमइ छन । चुक्ता पूजी वढाउनका लागि राष्ट बैंकको दवाव भएकै कारण वाणिज्य बैंकहरुले अघिल्लो वर्षको तुलनामा वोनस सेयर बढि दिने घोषणा गरेका छन ।
यस्तो छ बैंकहरुको नाफा र लाभासं वितरणको स्थिती
नविल बैंक
नविल बैंकको गत भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले उस्ले आफ्नो सेयरधनीहरुलाई ४५ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । गत बर्ष बैंकले २ अर्व ३१ करोड रुपैंया खुद नाफा कमाएको थियो । वोनस सेयर वितवरण पश्चात बैंकको चुक्ता पूजी ३ अर्व ६५करोड पुग्नेछ । ।
एभरेष्ट बैंक
बैंकको गत भदौं ९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई ६२ प्रतिशत लाभासं दिने घोषणा गरेको थियो । ५० प्रतिशत नगद र १२ प्रतिशत वोनस सेयर वितरण पश्चात उस्को चुक्ता पूजी २ अर्व १ करोड पुग्नेछ ।
स्ट्यान्डर्ड चार्टड
गत असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले नाफाबाट शेयरधनीहरुलाई ५१ .५ प्रतिशत लाभासं दिने निर्णय गरेको थियो । उस्ले १० प्रतिशत वोनस र ४१.५ प्रतिशत वोनस सेयर दिने निर्णय गरेको हो । यस आर्थिक वर्षमा बैंकले १ अर्व ३७ करोड खुद नाफा कमाएको थियो ।
इन्भेष्टमेन्ट बैंक
गत भदौ २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभासं दिने निर्णय गरेको थियो । सेयर वितरणपछि बैंकको चुक्ता पूजी ४ अर्व ७६ करोड पुग्ने छ । गत आर्थिक वर्षमा बैकले १ अर्व ९५ करोड नाफा कमाएको थियो ।
ग्लोवल आइएमई
गत भदौं १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले २१ प्रतिशत वोनस सेयर ४ प्रतिशत नगद लाभासं दिने निर्णय गरेको थियो । वोनस सेयर वितरण पश्चात बैंकको पूजी ५ अर्व वढि पुग्ने छ । गत आर्थिक वर्षमा बैंकले १ अर्व ७५ लाख नाफा आर्जन गरेको थियो ।
हिमालयन बैंक
बैंकले २१.०५ प्रतिशत लाभासं दिने घोषणा गरेको थियो । बैंकको गत कार्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत वोनस सेयर र ६.०५ प्रतिशत नगद लाभासं दिने निर्णय गरेको हो । गत आर्थिक वर्ष बैंकले १ अर्व १० करोड खुद नाफा कमाएको थियो । वोनस सेयर वितवरण पश्चात बैंकको पूजी ३ अर्व ३३ करोड पुग्नेछ ।
राष्टिय वाणिज्य बैंक
बैंकले प्रतिफलको घोषणा गरेको छैन । बैंकले गत आर्थिक वर्षमा १ अर्व ७३ करोड नाफा कमाएको थियो । बैंकलाई राष्ट बैंकले वोनस सेयर वितरणमा रोक लगाएको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले पनि नगद लाभासंको घोषणा गरेको छैन । बैंकले गत आर्थिक वर्षमा १ अर्व ५० करोड नाफा आर्जन गरेको थियो ।
नेपाल बैंक
गत वर्ष बैकले १ अर्व २३ करोड नाफा कमाएको थियो । नाफा कमाए पनि सेयरधनीलाई वोनस वितरण गर्न नपाउने प्रावधान छ ।
प्राइम कर्मसियल
बैकले १९ प्रतिशत वोनस र १ प्रतिशत नगद लाभासं प्रदान गरेको छ । गत आर्थिक वर्षमा वैंकले ५२ करोड ७७ लाख नाफा आर्जन गरेको थियो ।
मेगा वैंक
१२ प्रतिशत वोनस र ०.६५ प्रतिशत नगद लाभासं वितरण गरेको मेगा बैंकले गत आर्थिक वर्षमा ३० करोड ५५ लाख खुद नाफा आर्जन गरेको थियो । वोनस सेयर वितरण पछि बैंकको चुक्ता पूजी २ अर्व ६१ करोड पुग्ने छ ।
सानिमा बैंक
गत असोज २ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत वोनस र ०.७८ प्रतिशत नगद लाभासं वितरण गर्ने प्रस्ताव गरेको थियो । आर्थिक वर्षको नाफा ४२ करोड ७५ लाख ९५ हजार रहेको छ ।
माछापुच्छ्रे बैंक
गत आर्थिक वर्षमा ४५ करोड नाफा आर्जन गरेको माछापुच्छ्रे बैंकले १२ प्रतिशत वोनस सेयर र २० प्रतिशत हकप्रद शेयर वितरण गर्दैछ । वोनस र हकप्रद शेयर वितरण गरेपछि उस्को चुक्ता पूजी २ अर्व ७७ करोड पुग्ने छ ।
एनआइसि एसिया
केही दिन अगाडि मात्र वार्षिक साधरण सभा सम्पन्न गरेको एनआइसी एसिया बैंकले १५ प्रतिशत नगद लाभासं र १५ प्रतिशत वोनस शेयर वितरण गर्दैछ । अघिल्लो आर्थिक वर्षमा ८१ करोड ४७ लाख नाफा आर्जन गरेको बैंकको शेयर वितरण पश्चात चुक्ता पूजी २ अर्व ३१ करोड पुग्नेछ ।
कुमारी बैंक
अघिल्लो आर्थिक वर्षमा ३४ करोड नाफा आर्जन गरेको बैंकले ३३ प्रतिशत वोनस शेयर वितरण गरेको छ । शेयर जारी पश्चात बैंकको चुक्ता पूजी २ अर्व ४२ करोड पुग्नेछ ।
लक्ष्मी बैंक
अघिल्लो आर्थिक वर्षमा ४७ करोड नाफा आर्जन गरेको लक्ष्मी बैकले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत वोनस वितरण गर्दैछ । शेयर वितरण पश्चात बैंकको चुक्ता पूजी २ अर्व ३५ करोड पुग्ने छ ।
सिभिल बैंक
गत आर्थिक वर्षमा २४ करोड ६२ लाख खुद नाफा आर्जन गरेको बैंकले आफ्ना शेयरधनीहरुलाई नाफाबाट ७ प्रतिशत वोनस र १.५ प्रतिशत नगद लाभासं वितरण गरेको छ । यसपछि बैंकको चुक्ता पूजी २ अर्व ७० करोड पुग्ने छ ।