फस्ट भयो फस्ट माईक्रोफाईनान्स, खुद नाफामा एक सय सत्ताईस प्रतिशत बृद्दि, निस्क्रिय कर्जा सुन्य

Jan 16, 2015 Mero Lagani



 

फस्ट माईक्रो फाईनान्स लघुवित्त बिकास बैंकले FMDBL  चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा लगानीकर्ताहरुलाई थप उत्साहित पार्दै आकर्षक बित्तीय विवरण सार्वजनिक गरेको छ ।

दोस्रो त्रैमासको बित्तीय विवरण सार्वजनिक गर्ने पहिलो संस्था बन्दै फस्ट माइक्रो फाईनान्स FMDBL ले यस अवधिसम्म एक सय २७ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ ।

 


बैंकले गत असोज मसान्तसम्म्म ६६ लाख रुपैयाँ कमाएकोमा पुस मसान्तसम्म खुद नाफा १ करोड ५३ लाख नघाएको छ । बैंकले ब्याज आम्दानी एक सय ६ र संचालतन आम्दानी ८५ प्रतिशतले बढोत्तरी गरेको छ ।

१५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सो बैंकको निस्क्रिय कर्जा सुन्य रहनु लगानीकर्ताहरुका लागि मूल्याङनको अर्को आधार बनेको छ । बैंकको जगेडा कोषमा ३ करोड ३० लाख रुपैयाँ छ ।

बैंकले गत बर्षको खुद नाफाबाट १५ प्रतिशत नगद लाभांश मात्र दिएकोमा पुरानो १ बराबर नयाँ एक शेयरको अनुपातमा हकप्रद निश्काशन गर्ने प्रस्ताव साधारणसभाबाट पारित गराएको छ ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।