लघुवित्त कारोबारमा किन सशंकित बन्दैछन् बैंकरहरु ?

Jan 16, 2015 Mero Lagani



लघुवित्त क्षेत्रको अग्रणी बिकास बैंक स्वावलम्बनले गत साता आफ्नो १३ औं साधारणसभा सम्पन्न गरी शुक्रबार राजधानीमा १४ औं बार्षिकोत्सब मनायो । देशका प्रमुख तीन बाणिज्य बैंकहरुले प्रबद्र्दन गरेको त्यस संस्थाले साढे ४६ प्रतिशत बोनस शेयरसहित ७० प्रतिशत लाभांश बाडेर लगानीकर्तालाई मख्ख पनि पारेको छ । तर, शुक्रबार राजधानीको लालदरबारस्थित केन्द्रीय कार्यालयमा आयोजित १४ औं बार्षिकोत्सव समारोहमा बैंकको सबल पक्षको चर्चा मात्रै गरिएन, लघुवित्त क्षेत्रमा बढ्दो जोखिमका बारेमा चिन्ता पनि ब्यक्त भयो । 

स्वाबलम्बन बिकास बैंकका अधिकारीले बार्षिकोत्सव समारोहमा लघुवित्त बिकास बैंकहरुको बढ्दो संख्या, चर्को प्रतिस्पर्धा र सेवा लिने सदस्यहरुको दोहोरोपनाले जोखिम बढाएको भन्दै आफ्नो बैंकले जोखिम ब्यवस्थापनको रणनीति अबलम्बन गरिरहेको जनाए । २०५८ सालदेखि काम सुरु गरेको बैंकले हाल एक सय ८ केन्द्रहरुमार्फत देशब्यापी रुपमा लघुवित्त कारोबार गरिरहेकोमा चालु आर्थिक बर्षभित्रै थप ५३ केन्द्रहरुमा सेवा विस्तार गर्ने बैंकका बरिष्ठ अधिकारी चन्द्रमणि चौलागाईले बताउनुभयो ।

 

कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष विजेन्द्र सुवाल र प्रमुख कार्यकारी नरेशमान प्रधानले उत्कृष्ट केन्द्रका प्रमुखहरु, बीस बर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरु, बैंंकका पुर्व संचालकहरुलाई सम्मान गर्नुभयो ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।