
स्वाबलम्बन बिकास बैंकका अधिकारीले बार्षिकोत्सव समारोहमा लघुवित्त बिकास बैंकहरुको बढ्दो संख्या, चर्को प्रतिस्पर्धा र सेवा लिने सदस्यहरुको दोहोरोपनाले जोखिम बढाएको भन्दै आफ्नो बैंकले जोखिम ब्यवस्थापनको रणनीति अबलम्बन गरिरहेको जनाए । २०५८ सालदेखि काम सुरु गरेको बैंकले हाल एक सय ८ केन्द्रहरुमार्फत देशब्यापी रुपमा लघुवित्त कारोबार गरिरहेकोमा चालु आर्थिक बर्षभित्रै थप ५३ केन्द्रहरुमा सेवा विस्तार गर्ने बैंकका बरिष्ठ अधिकारी चन्द्रमणि चौलागाईले बताउनुभयो ।
कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष विजेन्द्र सुवाल र प्रमुख कार्यकारी नरेशमान प्रधानले उत्कृष्ट केन्द्रका प्रमुखहरु, बीस बर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरु, बैंंकका पुर्व संचालकहरुलाई सम्मान गर्नुभयो ।