लौ हेर्नुहोस, प्रोग्रसिभ फाईनान्सको प्रगति, खराब कर्जा साढे १६ प्रतिशतबाट दुई प्रतिशतमा झर्यो

Jan 18, 2015 Mero Lagani



चालु आर्थिक बर्षको दोस्रो त्रैमासको बित्तीय विवरण प्रकाशित गर्ने क्रम चल्दै गर्दा सिर्जना (SFFIL) र प्रोग्रेसिभ फाईनान्स (PROFL) ले आफ्नो अबस्थामा निक्कै सुधार भएको देखाएका छन् । पहिलो त्रैमासमा साढे १६ प्रतिशत निस्क्रिय कर्जा रहेको प्रोगे्रसिभ फाईनान्सले त्यसलाई २ प्रतिशत भन्दा तल झारेर ९५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । फाईनान्सले पहिलो त्रैमाससम्ममा ९ लाख मात्र खुद नाफा गरेको थियो ।

 

निस्क्रिय कर्जा असुल गरी फाईनान्सले यस त्रैमासमा ४ करोड १५ लाख रुपैयाँ नाफामा सारेको छ । फाईनान्सले यस त्रैमासमा ९३ लाख जोखिम ब्यहोर्ने कोषमा राखेको छ । फाईनान्सको जगेडा कोष पहिलो त्रैमासमा १ करोड ५० लाख रुपैयाँले ऋणात्मक रहेकोमा दोस्रो त्रैमासमा त्यो १ करोड २३ लाखमा झरेको छ । फाईनान्सले दोस्रो त्रैमासमा निक्षेप ५ करोडले बढाए पनि कर्जा भने सामान्य रुपमा बढेको छ ।

त्यस्तै, सिर्जना फाईनान्सले पनि दोस्रो त्रैमासमा खुद नाफा ह्वात्र्तै बढाएको छ । फाईनान्सले पहिलो त्रैमासमा १ करोड २ लाख रुपैयाँ मात्र खुद नाफा गरेकोमा दोस्रो त्रैमाससम्ममा त्यसलाई २ करोड ११ लाख पुर्याएको छ । फाइृनान्सको निस्क्रिय कर्जा सामान्य रुपमा बढेको छ भने जगेडा कोष समेत उपभोग गरी लगानीकर्तालाई बोनस शेयर दिएर पूँजी बृद्धि गरी ८ करोडबाट १४ करोड पुर्याएको छ ।




मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।