लौ हेर्नुहोस, सानिमा बैंकको प्रगति, निस्क्रिय कर्जा झनै तल, खुद नाफामा ४३ प्रतिशतले बढोत्तरी

Jan 26, 2015 Mero Lagani



 

गैर आवासीय नेपालीहरुको समेत लगानी रहेको सानिमा बैंक(SANIMA)ले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म २७ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ ।

यो रकम गर्त बर्षको दोस्रो त्रैमासको तुलनामा ४३ प्रतिशतले बढी हो । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १३ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

 

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत बर्षको सोही अबधिको तुलनामा ब्याज आम्दानीमा ४८ र संचालन नाफामा ४१ प््रतिशतले बृद्दि गरी खुद नाफा बढाएको देखिएको छ । बैंकको कर्मचारी खर्च ३४ र संचालन खर्च ३५ प्रतिशतले बढेको छ । गत बर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर दिएर चुक्ता पूँजी २ अर्ब ५५ करोड पुर्याएको बैंकले जगेडा कोषमा ४० प्रतिशतले बृद्दि गरेको छ ।

 

 

सानिमाको ज्यादै राम्रो पक्ष भनेको निस्क्रिय कर्जा न्युन हुनु हो । बाणिज्य बैंकहरुमा सानिमाको सबैभन्दा कम निस्क्रिय कर्जा रहेको छ । यस बैंकले निस्क्रिय कर्जामा ६० प्रतिशतले कटौती गरी ०.१० बाट ०.०४ प्रतिशतमा झारेको छ । बैंकको प्रति शेयर आम्दानीमा २५ प्रतिशतले बृद्दि गरी २१.८८ पुर्याएको छ । चुक्ता पूँजी कम रहेकाले यसले चालु आर्थिक बर्षको खुद नाफाबाट पनि राम्रै प्रतिफल पाउने आशा लगानीकर्ताले गर्नु स्वभाविक ठहर्छ ।




मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।