पोखराका ओम र कामना पनि मिल्न सकेनन्

Jan 26, 2015 Mero Lagani



पोखराका कामना बिकास बैंक र ओम फाईनान्सबीचको मर्ज प्रक्रिया पनि भाँडिएको छ । स्वाप रेसियो र कम्पनीको सम्पति बारे कुरा नमिले पछि दुबै कम्पनीबीचको सम्झौता तोडिएको हो । दुबै कम्पनीका पदाधिकारीहरु संलग्न संयुक्त मर्जर कमिटीमा मर्ज प्रक्रिया टुटेको घोषणा गरिएको छ ।

दुबै कम्पनीहरु मर्ज भएर राष्ट्रियस्तरको बिकास बैंक बन्ने भन्दै गत असारमा सम्झौता गरी असोज ८ गते राष्ट्र बैंकबाट मर्जको स्वीकृति लिईएको थियो ।


दुबै कम्पनीका एक बराबर एक शेयर हुने भनिए पनि ओम फाईनान्सको पोखरा र काठमाडौमा भएका गैर बैंकिङ सम्पति वापतको रकमबारे कुरा नमिलेको बताईएको छ । दुबै कम्पनीबीच मर्ज भएको भए ६६ करोडको राष्ट्रियस्तरको ओम बिकास बैंक बन्ने थियो ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।