एनसीसी बैंकको खुद नाफा ५५ प्रतिशतले बढोत्तरी, लाभांश बाड्न नपाउँदा जगेडा कोषमा रकम थुप्रियो

Jan 27, 2015 Mero Lagani



नेपाल राष्ट्र बैकको नियन्त्रणमा रहेको नेपाल क्रेडिट एण्ड कमर्श बैंक(NCCB)ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत आर्थिक बर्षको सोही अबधिको तुलनामा साढे ५५ प्रतिशतले खुद नाफा बढाएको छ । बैंकले ब्याज आम्दानी साढे १६ र संचालन नाफा २५ प्रतिशतले बढाउनुका साथै डुबेको ऋण उठाएर ८ करोड जोखिम ब्यहोर्ने कोषबाट नाफामा सारेको छ । 

 

 

एनबी समूहको कारणले समस्या परेको बैंकलाई राष्ट्र बैंकले नियन्त्रणमा लिई निस्क्रिय कर्जा असुली तीब्र पारेको छ ।

 

बिनु श्रेष्ठको शेयर बिक्री प्रकरण नसुल्झिएका कारण साधारणसभा आयोजना गर्न नसकेको एनसीसीले लगानीकर्तालाई ३७ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको् छ । गत आर्थिक बर्षको खुद नाफाबाट लाभांश बाड्न नपाएपछि बैंकको जगेडा कोषमा साढे ४७ प्रतिशतले रकम बढोत्तरी भई एक अर्ब ४३ करोड पुगेको छ । बैंकले निस्क्रिय कर्जा अनुपातलाई पनि घटाएको छ । बैंकको प्रति शेयर आम्दानी २८.४९ रुपैयाँ छ । 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।