खराब कर्जाले थलिएको ग्राण्ड बैंक किन गयो प्रभुको शरणमा ?

Jan 28, 2015 Mero Lagani

यस साता प्रभु (PRVU)र ग्राण्ड बैंक(GRAND)का शेयर कारोबार र मूल्य बढ्नुका पछाडि खास कारण के होला भन्ने बारेमा लगानीकर्ताहरुमा चासो बढेको पाईएको छ । प्रभु बैंकमा रहेको किष्टका तत्कालीन प्रमुख कार्यकारी कमल ज्ञवालीले ठूलो परिमाणको शेयर बेचेपछि लगानीकर्ताहरुमा बढेको उत्सुकताका बीचमा अर्को हल्ला पनि चल्न थालेको छ । त्यो हो – राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाही भोगिरहेको ग्राण्ड बैंक प्रभुको शरणमा गएको हल्ला ।

निस्क्रिय कर्जाले थलिएको ग्राण्ड बैंक अन्ततः बलियो बाणिज्य बैंक खोजेर त्यसैमा समाहित हुने मनस्थितिमा पुगेको थियो । गत आर्थिक बर्षको अन्त्यमा झण्डै २ अर्ब रुपैयाँले घाटामा गएको ग्राण्ड बैंकले यस आर्थिक बर्षको दोस्रो त्रैमासमा पनि सुधारिने संभावना नदेखी आफुलाई किनिदिनेहरुको खोजीमा लागेकोमा प्रभु बैंकले साथ दिन लागेको बताईएको छ । यही हल्लाका कारण ग्राण्ड बैंकको शेयर मूल्य एक सातामा १५ प्रतिशतसम्मले बढेको छ भने कारोबार रकममा पनि अग्रता लिएको छ ।

केही दिन अघि जनता बैंकसँग मर्जको कुरा अगाडि बढाई ड्यु डिलिजेन्स अडिट (डीडीए) समेत गराएको ग्राण्डको मर्ज योजना असफल भएपछि प्रभुको शरण परेको बुझिएको छ । स्रोतका अनुसार प्रभु बैंकले ग्राण्डलाई खरिद गर्ने मनसाय देखाए पछि ग्राण्डका संचालकहरु अहिले प्रभुसँग बेचिने (एक्विजिशन) सम्झौताको अन्तिम गृहकार्यमा छन् । गत शुक्रबारदेखि तीब्र बनेको ग्राण्ड र प्रभुबीचको भित्री वार्ता अन्तिम निष्कर्ष उन्मुख भएको छ । स्रोतका अनुसार प्रभुले ग्राण्डलाई ७० प्रतिशत स्वाप रेसियोमा खरिद गर्ने र बढीमा तीन महिनाभित्रमा गाभिने प्रक्रिया पुरा गर्ने गरी सम्झौताको तयारी भईरहेको छ । तर मेरोलगानीले यसबारेमा प्रभु र ग्राण्डका अधिकारीहरुलाई सम्पर्क गरी आधिकारिक जानकारी लिने प्रयास गर्दा उहाँहरु सम्पर्कमा आउनु भएन् ।

ग्राण्डलाई लिन प्रभु समूह तयार भए पनि त्यसको खराब कर्जा टाउको दुखाईको विषय बनेको छ । सबै कुरामा सहमति नजिक पुगे पनि खराब कर्जा कसरी उठाउने भन्ने बारेमा ग्राण्डका प्रोमोटरहरुले निर्णय नदिँदा प्रभु समूहसँग अन्तिम सम्झौता हुन ढिलाई भएको स्रोतको भनाई छ ।


स्रोतका अनुसार ग्राण्डले यस आर्थिक बर्षको दोस्रो त्रैमासमा केही निस्क्रिय कर्जा उठाए पनि राष्ट्र बैंकले गरेको शीघ्र सुधारात्मक कारबाहीबाट मुक्ति पाउने गरी प्रगति गर्न सकेको छैन् । राष्ट्र बैंकले बाणिज्य बैंकलाई नियन्त्रणमा लिएर सुधार गर्न कठिन हुने देखेपछि बैंकका संचालक र ब्यवस्थापकहरुलाई नै जिम्मा दिएर उपयुक्त संस्थासँग मर्जमा जान दबाब दिईरहेको छ ।

तत्कालीन प्रमुख कार्यकारी सुधिर खत्रीले बैंकलाई धरासायी बनाएपछि सुधार गर्न पशुराम कुँवर क्षत्रीलाई ल्याईएको थियो । क्षत्रीले चालेको बैंक सुधार योजनामा बैंकका प्रोमोटर र कर्मचारीहरुले सहयोग नगरेपछि क्षत्रीले गत कार्तिक मसान्तमा राजीनामा गर्नुभएको थियो । क्षत्रीले ग्राण्डका ऋणीहरुको धितो लिलाम सूचना निकाल्ने, लिलाम गर्ने, लिलाम नभएको सम्पति गैर बैंकिङ सम्पतिको रुपमा आफैले सकार्ने र त्यसपछि नाम र ब्राण्ड परिवर्तन गर्ने, हकप्रद जारी गरेर पूँजी बढाई सबल बैंकको रुपमा अगाडि जाने वा मर्जमा जाने विकल्प अघि सार्नु भएको थियो । क्षत्रीको यो कदम असफल भई राजीनामा गरेपछि ग्राण्डको सुधार योजना झनै अस्तब्यस्त बनेको थियो ।

२ अर्ब चुक्ता पूँजी, १५ अर्ब निक्षेप र १४ अर्ब ऋण प्रबाह रहेको ग्राण्डका २२ शाखा छन् । कमलादीस्थित आफ्नै सुविधासम्पन्न भवन भए पनि ग्राण्डको तरलता अनुपात खुम्चिदै गएको छ भने प्रशासनिक खर्च धान्न समेत मुस्किल पर्न थालेको छ ।

उता, आफुमा गाभिएको किष्ट बैंकको खराब कर्जाका कारण पछि परेको प्रभु बैंक दोस्रो त्रैमासिक बित्तीय बिबरणमा सुधारको संकेत देखाउने कसरतमा रहेको बुझिएको छ ।

 

Read this also: 

ग्राण्ड बैंकले डुबेको ऋण उठाउँन धितो लिलाम तीब्र पार्ने, पहिलो त्रैमासमै अधिंकाश धितो लिलाम हुने

http://www.merolagani.com/NewsDetail.aspx?newsID=10976

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।