ईबीएल, एनआईबी, एनबी र एनएमबीमा कस्को कमाई राम्रो ?

Jan 29, 2015 Mero Lagani



 

मुलुकका चार प्रमुख बाणिज्य बैंकहरुले एकैदिन बित्तीय बिवरण प्रकाशित गरेपछि लगानीकर्ताहरुको ध्यान तानिएको छ ।
एभरेष्ट(EBL), नेपाल ईन्भेष्टमेन्ट(NIB), नेपाल बंगलादेश(NBB) र एनएमबी बैंक(NMB)ले बिहीबार प्रकाशित गरेको चालु आर्थिक बर्षको दोस्रो त्रैमासको बित्तीय विवरणको तुलनात्मक विश्लेषण प्रस्तुत गरिएको छ ।

नोटःरकमलाई करोडमा देखाईएको छ । 

 

खुद नाफा बढाई


बित्तीय बिबरण प्रकाशित गर्ने मध्ये खुद नाफा धेरै बढाउनेमा एनएमबी बैंक अग्रस्थानमा रहेको छ । सो बैंकले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा खुद नाफा ३७ प्रतिशतले बढाई २७ करोड नघाएको छ । त्यसैगरी नेपाल बंगलादेश बंैकले खुद नाफा गत बर्षको दोस्रो त्रैमासको तुलनामा यस बर्षको सोही अबधिमा २२ प्रतिशतले बढाई ३३ करोड नघाएको छ । एभरेष्ट बैंकले साढे १३ प्रतिशतले मात्र खुद नाफा बढाउन सकी ७७ करोड रुपैयाँ नघाएको छ भने नेपाल ईन्भेष्टमेन्ट बैंकले जम्मा तीन प्रतिशतले मात्र खुद नाफा बढाए पनि सबैभन्दा धेरै ९६ करोड खुद नाफा गरेको छ ।

नोटःरकमलाई करोडमा देखाईएको छ । 


ब्याज र संचालन नाफाको आधार 


ब्याज आम्दानीको हिसाव गर्दा एनएमबी बैंकले धेरै बढोत्तरी गरेको छ भने बंगलादेश बैंक, एभरेष्ट बैंक र नेपाल ईन्भेष्टमेन्ट बैंक क्रमैसँग पछि परेका छन् ।

संचालन नाफा एनएमबी बैंकले ६१ प्रतिशत, बंगलादेशको ४५ र एभरेष्टको ११ प्रतिशतले बढेको छ भने ईन्भेष्टमेन्टको ९ प्रतिशतले घटेको छ ।

नोटःरकमलाई करोडमा देखाईएको छ । 

 

निक्षेप र कर्जामा बढोत्तरी


निक्षेप र कर्जा बिस्तार तर्फ हेर्दा एनएमबी बैंक अगाडि देखिएको छ । सो बैंकले निक्षेप २५ प्रतिशत र कर्जा ३४ प्रतिशतले बढाएको छ भने बंगलादेश बैंकले निक्षेप १५ र कर्जा ४८ प्रतिशतले बढाएर ब्यापार विस्तार गरेको छ । त्यसैगरी ईन्भेष्टमेन्टले निक्षेप ११ र कर्जा २२ प्रतिशतले बढाएको छ भने एभरेष्ट बैंकको. निक्षेप १७ र कर्जा १४ प्रतिशतले मात्रै बिस्तार भएको छ ।

 

बिदेशी मुद्राको कारोबार


बिदेशी मुद्राको कारोबारमा बंगलादेशले मात्र नाफा बढाएको छ भने अन्यको घटेको छ । विदेशी मुद्राको सटही सुविधाबाट घाटा ब्यहोर्दा बैंकहरुको खुद नाफामा असर पर्नजान्छ ।


जोखिम कोष र निस्क्रिय कर्जा


कर्जा जोखिम वापत कोषमा रकम राख्ने र फिर्ता ल्याएर नाफामा देखाउनेमा ईन्भेष्टमेन्ट बैंक अगाडि छ भने एभरेष्ट बैंकले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा ११५० प्रतिशत भन्दा बढीले जोखिम कोषबाट रकम फिर्ता ल्याई नाफामा देखाएको छ ।
एनएमबी बैंकले निस्क्रिय कर्जा ६२ प्रतिशतले घटाएर ०.६ प्रतिशत कायम गरेको छ भने ईन्भेष्टमेन्ट बैंकले ३६ प्रतिशतले निस्क्रिय कर्जा घटाई १.१३ कायम गरेको छ । बंगलादेश बैंकको १६ प्रतिशतले निस्क्रिय कर्जा घटी १.२६ र एभरेष्ट बैंकको ८ प्रतिशतले घटी ०.६५ प्रतिशत निस्क्रिय कर्जा कायम भएको छ ।

नोटःरकमलाई करोडमा देखाईएको छ । 

 

जगेडा कोष


एभरेष्ट बैंकले १४ प्रतिशतले जगेडा कोष बढाएर चार अर्ब नौ करोड पुर्याएको छ भने एनबी बैंकले २३ प्रतिशतले बढाएर दुई अर्ब, ईन्भेष्टमेन्टले ८ प्रतिशतले बढाएर चार अर्ब १२ करोड र एनएमबीले १० प्रतिशतले बढाएर जम्मा ६८ करोड रुपैयाँ पुर्याएको छ । जगेडा कोष बढी हुनै बैंक तथा बित्तीय संस्थाहरु जोखिम ब्यवस्थापका हिसावले बलियो हुने हुँदा यस मामिलामा एनएमबी बैंक सबैभन्दा कमजोर देखिन्छ ।

 

खर्च ब्यवस्थापन


खर्च नियन्त्रणमा एभरेष्ट बैंक सबैभन्दा अगाडि र ईन्भेष्टबैंक मध्यम खाले देखिए पनि बंगलादेश र एनएमबीमा धेरै प्रतिशतले कर्मचारी र संचालन खर्च बढेको देखिन्छ । खर्च नियन्त्रण गर्न सकेमा संचालन नाफालाई खुद नाफामा बढी देखाउन सकिने र लगानीकर्ताले लाभांश पनि बढी पाउने अबस्था हुन्छ ।

 

चुक्ता पूँजी, प्रति शेयर आम्दानी र लाभांश


एभरेष्ट बैंकको. शेयर पूँजी कम र कमाई धेरै हुँदा प्रति शेयर आम्दानी बढी देखिएको छ तर नेपाल ईन्भेष्टबैंकको शेयर पूँजी र प्रति कित्ता शेयरको बजार मूल्यको आधार मान्ने हो भने प्रति शेयर कमाईलाई कम आँक्न मिल्दैन । त्यसैगरी नेपाल बंगलादेश बैंक र एनएमबीको प्रतिशेयर आम्दानी पनि बढेकै छ ।

प्रति शेयर आम्दानी बढी रहे पनि एभरेष्ट बैंकले बोनस शेयर दिन कन्जुस्याइँ गरी नगद लाभांश बढी दिदै आएको छ । चुक्ता पूँजी धेरै नभएकाले आगामी साधारणसभाबाट एभरेष्ट बैंकका लगानीकर्ताले राम्रो प्रतिफल पाउने आशा गर्नु स्वभाविक ठहर्छ । उता, ईन्भेष्टमेन्ट बैंकले बोनस शेयर र नगद लाभांश दिने कुरामा लगानीकर्तालाई राम्रैसँग चित्त बुझाउने गरेको छ । गत बर्ष १५ प्रतिशत बोनस शेयर दिएर झण्डै पाँच अर्ब नजिक चुक्ता पूँजी पुर्याए पनि ईन्भेष्टमेन्टको प्रति शेयर आम्दानी धेरै घटेको छैन् । त्यसैगरी एनएमबी बैंकले गत बर्षको खुद नाफाबाट राम्रै बोनस शेयर दियो भने बंगलादेश बैंकले पनि लगातार दोस्रो बर्ष दोहोरो अंकको बोनस शेयर दिएको छ । एनएमबी ठूलो र अझै राम्रो बैंक बन्न मर्जमा गएको छ । एनबी समूहलाई हटाई बंगलादेशका बैंकरहरुको अधिकांश प्रोमोटर शेयर स्वामित्व लिएपछिको बंगलादेश बैंकबाट पनि लगानीकर्ताले तेस्रो र चौथो त्रैमासबाट अरु राम्रो प्रगतिको अपेक्षा गरेका छन् ।




हिमालयन बैंकको एफपीओ बाँडफाँट

Jul 29, 2025 09:14 AM

साउन १३ गते, मंगलबार, हिमालयन बैंक (HBL) को एफपीओ बाँडफाँट भएको छ। बैंकको एफपीओ कमलादी, काठमाडौँस्थित आफ्नै कार्यालयमा आज बिहान ९ बजे बाँडफाँट भएको हो।