१५ लाख कर्जा त्यो पनि बिनाधितो ?

Feb 02, 2015 Mero Lagani



सुन्दा आकर्षक नारा छ – बिना धितो १५ लाख रुपैयाँसम्म कर्जा । सिटिजन्स बैंकले सार्वजनिक गरेको आकर्षक नाराले धेरै बेरोजगार र केही नौलौ उद्यम गर्न चाहनेहरुको ध्यान पक्कै खिच्छ । तर नारा जति आकर्षक भए पनि उनीहरुले यसमा आंखा लाउनु नै बेकार छ, किनभने यो बेरोजगार र केही नौलौ उद्यम गर्न चाहनेहरुका लागि लक्षित नै छैन ।

तपाईको मासिक एक समानको आम्दानी छ र त्यसलाई बैंकमा जम्मा गरी आम्दानीको कर तिर्नुभएको प्रमाण राख्नु भएको छ भने मात्र यो आकर्षक नारा काम लाग्नसक्छ । नेपालमा आम्दानी गर्ने धेरै ब्यक्तिहरु पनि स्थायी करदाता नम्बर (पान) लिएका छैनन् । आम्दानी गरेर पनि कर नतिरेकाले पनि यो ऋणका लागि आशै नगरे हुन्छ ।

कर्जा योजना सार्वजनिक गर्न आईतबार आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी राजनसिंह भण्डारीले हाकाहाकी भन्नुभयो– यो कर्जा बेरोजगार र आम्दानी नभएकाहरुलाई हैन । रोजगार ब्यक्तिहरुकै लागि हो । 

बैंकले ठ्याम्मै १५ लाख दिने हैन् आम्दानीको स्रोत हेरी तीन लाखदेखि १५ लाखसम्म ऋण दिनसक्छ र यसलाई समान मासिक किस्तामा पाँच बर्षसम्म तिर्दै गए हुन्छ । यसमा बार्षिक १३ प्रतिशत चर्को ब्याज लाग्ने छ ।

अहिले बैंकहरुमा तरलता बढी भएर ७–८ प्रतिशतमा कर्जाको ब्याज दर झरेको बेला सिटिजन्सले ल्याएको कर्जा योजना त्यति पष््रभावकारी नहुनसक्छ तर चर्को आर्थिक समस्या भोगिरहेका ग्राहकले उपयोग गर्नसक्छन् । यस्ता कर्जा योजनाहरुले उत्पादन र रोजगारी बढाउनुको सट्टा बिलासिताका बस्तुहरु उपयोग बढाउनसक्छ । उत्पादन र रोजगारी बढाउने कर्जाहरु जोखिमपूर्ण हुने भएकाले बैंकहरु यस्तै कर्जा योजनाहरुमा बढी केन्द्रित भईरहेका छन् । जागिरे र मध्यमबर्ग लक्षित यस्ता कर्जा योजनाहरुले देशबाट गरिबी र आर्थिक असमानता कम गर्न खासै भुमिका खेल्दैनन्

 

Read this also :

सिटिजन्स बैंकले बढायो दोस्रो त्रैमासमा खुद नाफा, कमाईको आधारबारे के भन्छन् प्रमुख कार्यकारी ?

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।