गरिमा र सुप्रिम बिकास बैंकको खुद नाफामा उल्लेखनीय बढोत्तरी

Feb 02, 2015 Mero Lagani



 

गरिमा बिकास बैंक(GBBL) र सुप्रिम बिकास बैंक (SUPRME)ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत बर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रुपमा खुद नाफा बढेको बित्तीय बिबरण प्रकाशित गरेका छन् । गरिमाले ४४ प्रतिशतले खुद नाफा बढाएको छ भने सुप्रिमले १८८ प्रतिशतले बढाएको छ । 


सुप्रिमको गत आर्थिक बर्षको दोस्रो त्रैमासमा २ करोड ३३ लाखले घाटामा गएको थियो भने यस आर्थिक बर्षमा १ करोड ९६ लाख खुद नाफा गरेको छ । सुप्रिमको ब्याज आम्दानी ४१ र संचालन नाफा १७९ प्रतिशतले बढेको छ । त्यसैगरी निस्क्रिय कर्जा ९.९३ प्रतिशतबाट ३.८६ प्रतिशतमा झरेको छ । बैंकले दोस्रो त्रैमासमा २ करोड ६० लाख रुपैयाँ प्रोभिजन गरेको छ ।

उता, गरिमा बिकास बैंकले खुद नाफा ४ करोडबाट बढाएर ६ करोड ५२ लाख पुर्याएको छ । बैंकले ब्याज आम्दानी ४९ र संचालन नाफा साढे ६४ प्रतिशतले बढाएको छ । शुल्क र कमिशनमा बैंकले यस त्रैमासमा साढे दुई करोड कमाएको छ । बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ पुगेको छ । बैंकको निस्क्रिय कर्जा भने केही बढेको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।