कहाँ पुग्यो मुक्तिनाथ, जहाँको त्यँही छ सेवा

Feb 03, 2015 Mero Lagani



मुक्तिनाथ बिकास बैंक र सेवा बिकास बैंकले एकैदिन पारेर चालु आर्थिक बर्षको दोस्रो त्रैमासको बित्तीय विवरण प्रकाशित गरेपछि यी दुई बैंकको अबस्था तुलना गर्दा धेरै अन्तर देखिएका छन् । पोखरामा मुख्य कार्यालय रहेको मुक्तिनाथ र बुटवलको सेवा बिकास बैंकको प्रगतिकोे अन्तर के छ त ? समकालीन जस्ता लाग्ने र उही प्रकृतिका काम गरिरहेका यी दुई बैंकहरुको अबस्थाबारे पढ्नुहोस् मेरो लगानी डटकमको विश्लेषण ।

मुक्तिनाथ बिकास बैंकले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा यस बर्षको सोही अबधिमा खुद नाफा ८५ प्रतिशतले बढाएर साढे पाँच करोडबाट १० करोड नघाएको छ भने सेवाले मुस्किलले ३ प्रतिशतले बढाउन सकी तीन करोड २० लाखबाट तीन करोड ३० लाख नघाएको छ । मुक्तिनाथको ब्याज आम्दानी ६४ प्रतिशतले बढेको छ भने सेवाको मुस्किलले नौ प्रतिशतले बढेको छ । त्यस्तै मुक्तिनाथको खुद नाफा ८६ प्रतिशतले बढेको छ भने सेवाको जम्मा चार प्रतिशतले मात्र बढेको छ ।

 

 

कम्पनीको प्रगतिको अबस्था माफन गर्ने चुक्ता पूँजी, निक्षेप र कर्जा प्रबाह बिस्तारमा पनि मुक्तिनाथ धेरै अगाडि छ । मुक्तिनाथले चुक्ता पूँजी ३६ करोडबाट ३८ प्रतिशतले बढाएर ५० करोड नघाएको छ । त्यस्तै निक्षेप ३४ प्रतिशतले बढाएर पाँच अर्ब ८५ करोड पुर्याएको छ भने कर्जा प्रबाह ४६ प्रतिशतले बढाएर पाँच अर्ब २० करोड नघाएको छ । तर सेवाले भने निक्षेप मुस्किलले २० प्रतिशतले बढाएर तीन अर्ब ३० करोड र कर्जा प्रबाह १६ प्रतिशतले बढाएर दुई अर्ब ७४ करोड नघाएको छ ।


मुक्तिनाथको निस्क्रिय कर्जा २७ प्रतिशतले घटेर ०.४८ मा झरेको छ भने सेवाको ७ प्रतिशतले बढेर ०.१६ मा पुगेको छ । मुक्तिनाथले ७८ लाख रुपैयाँ जोखिम ब्यहोर्ने कोषमा राखेको छ भने सेवाले ४८ लाख रुपैयाँ राखेको छ । जगेडा कोषमा पनि सेवाको भन्दा मुक्तिनाथको दोब्बर रकम छ । मुक्तिनाथको प्रति शेयर आम्दानी ४० रुपैयाँ नाघेको छ भने सेवाले १० रुपैयाँ कटाउन पनि मुस्किल परेको छ ।

 

आक्रामक ढंगले लघुवित्त कर्जा प्रबाहमा लागेको मुक्तिनाथले गत बर्षबाट ३८ प्रतिशत बोनस शेयर दिएर पनि हकप्रद शेयर दिने निर्णय गरेको छ भने सेवाले मुक्तिनाथको तुलनामा निकै कम प्रतिफल दिन सकेको छ । पूँजी बढाएर पनि लगानीकर्ताको अपेक्षा बमोजिम खुद नाफा बढाउनसक्नु मुक्तिनाथको सफलता मान्नैपर्छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।