२२ प्रतिशत निस्क्रिय कर्जा रहेको सिनर्जी फाईनान्सको खुद नाफा कसरी बढ्यो ?

Feb 03, 2015 Mero Lagani



निस्क्रिय कर्जाले थलिएको सिनजीृ फाईनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत बर्षको सोही अवधिको तुलनामा खुद नाफा एक सय ११ प्रतिशतले बढेको बित्तीय बिवरण सार्वजनिक गरेको छ । फाईनान्सले निस्क्रिय कर्जालाई साढे २८ प्रतिशतबाट साढे २१ प्रतिशतमा झारेर झण्डै १० करोड रुपैयाँ जोखिम ब्यहोर्ने कोषबाट नाफामा सारेको छ भने २ करोड भन्दा बढी रकम जोखिम ब्यहोर्ने कोषमा राखेको छ ।


फाईनान्सले समस्यामा परेपछि कर्मचारी र संचालन खर्चमा ब्यापक कटौती गरेको देखिएको छ तर संचालन नाफा भने अझै ३ करोडले ऋणात्मक नै छ । फाईनान्सको निक्षेप २ अर्ब ५२ करोडबाट घटेर एक अर्ब ८८ करोडमा र कर्जा २ अर्ब १३ करोडबाट एक अर्ब ५३ करोडमा झर्नु निकै चिन्ताको विषय मान्नुपर्छ ।


४७ करोड चुक्ता पूँजी रहेको फाईनान्सले प्रति शेयर आम्दानीलाई १६ रुपैयाँ पुर्याएपनि लाभांश पाईने आशमा लगानीकर्ताहरु उत्साहित बनिहाल्नु पर्ने अबस्था भने छैन् ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।