नबिलको खुद नाफा पाँच प्रतिशत मात्रै बढ्दा प्रतिशेयर आम्दानी १२ प्रतिशतले कमी

Feb 03, 2015 Mero Lagani



देशको ठूलो बाणिज्य बैंक मध्येमा पर्ने नबिलले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा यस बर्षको सोही अवधिमा खुद नाफा पाँच प्रतिशतले मात्र बढाउँन सकेको छ ।

बैंकले प्रकाशित गरेको त्रैमासिक बित्तीय विवरण अनुसार ब्याज आम्दानीमा ०.८ प्रतिशतले मात्र प्रगति भएको र संचालन नाफा २३ प्रतिशतले बढेको देखाईएको छ ।

विदेशी मुद्राको कारोबार र शुल्क, कमिशन छुटको आम्दानी घटेकाले नबिलले उल्लेखनीय रुपमा खुद नाफा बढाउन नसकेको देखिएको छ । बैंकले निस्क्रिय कर्जालाई ३१ प्रतिशतले घटाएर २.१ प्रतिशतमा झारे पनि जोखिम ब्यहोर्ने कोषबाट उल्लेखनीय रुपमा रकम फिर्ता ल्याउन सकेको छैन् । बैंकको निक्षेप २८ र कर्जा २६ प्रतिशतले बढेको अबस्थालाई भने सन्तोषजनक मान्न सकिन्छ ।

गत बर्षको खुद नाफाबाट बोनस शेयर दिएर पूँजी बृद्धि गरेको बैंकले सोही अनुपातमा खुद आम्दानी बढाउन नसक्दा प्रतिशेयर आम्दानी घटेको छ । बैंकको जगेडा कोषमा रकम थपिने क्रम जारी रहेको र अरु सुचकहरु पनि बलिया रहेकाले आगामी त्रैमासहरुमा लगानीकर्तालाई आशाबादी बनाउने थुपै्र आधारहरु नबिलसँग छन् ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।