लुम्बिनी बैंकले कसरी बढायो खुद नाफा १५० प्रतिशत ?

Feb 05, 2015 Mero Lagani



 

लुम्बिनी बैंक ( LUBL)ले आफुलाई तीब्र सुधारको दौडमा सामेल गर्दै चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा गत बर्षको सोही अवधिको तुलनामा १५० प्रतिशतले खुद नाफा बढाएर सबैलाई चकित पारेको छ ।

लुम्बिनीले निस्क्रिय कर्जालाई झण्डै ६५ प्रतिशतले कम गरी ०.७७ प्रतिशतमा झारेर लगानीकर्ता माझ आशलाग्दो बैंकको रुपमा प्रस्तुत भएको छ ।

 

बैंकले ब्याज आम्दानी झण्डै ५० र संचालन नाफा १४० प्रतिशतले बढाएर दोस्रो त्रैमाससम्म १७ करोड खुद नाफा कमाएको छ । गत बर्षको दोस्रो त्रैमाससम्म बैंकले जम्मा ७ करोडको हाराहारीमा खुद नाफा कमाएको थियो । बैंकको निस्क्रिय कर्जा अनुपात घट्दा प्रोभिजन गत बर्ष भन्दा कम रकम राख्नु परेको छ भने जोखिम ब्यहोर्ने कोषबाट चार करोड ७० लाख भन्दा बढी रकम फिर्ता ल्याएर नाफामा देखाएको छ ।

त्यसैगरी शुल्क, कमिशन, अन्य संचालन आम्दानी र विदेशी मुद्राको कारोबारमा पनि आम्दानी बढाएको छ । निक्षेप ४० र कर्जा ४२ प्रतिशतले बढाएर बैंकले संतोषजनक प्रगति गरेको छ ।


नबदुर्गा फाईनान्ससँग मर्ज र बोनस शेयर समेत दिएर दुई अर्ब मात्र पूँजी पुर्याएको बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ पुगेको छ । हाल शेयर बजारमा यस बैंकको प्रति शेयर मूल्य ३७० रुपैयाँ हाराहारीमा रहेकाले कम मूल्य नै मान्नुपर्छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।