
बैंकले ९५ लाख रुपैयाँ धितो मूल्याड.कन गरी ६७ लाख रुपैयाँ पाँच बर्षे भाकामा कर्जा दिने निर्णय गर्यो र २०६९ साल कार्तिकमा बुढाथोकीले एकमुष्ठ कर्जा रकम बुझे ।
बुढाथोकीले नक्कली धितोमा कर्जा लिए पनि तत्कालै फरार नभई चलाखीपूर्ण काम गरिरहे । उनले ऋणको ब्याज पनि समयमा तिर्दै आएका थिए । ऋणीले ब्याज र सावाँ तिर्दासम्म बैंकले खासै चासो राख्ने कुरा पनि भएन । तर, गत असोजदेखि ब्याज पनि बुझाँउन छाडी उनी एक्कसी सम्पर्कबिहिन भएपछि बैंकले खोज्न थाल्यो । धुलिखेल पुगेर बैंकका कर्मचारीहरुले थप खोजविनमा गरे र धितो लिलामीको प्रक्रिया अगाडि बढ्यो ।
खोज्दै जाँदा बैंकमा ऋण लिँदा पेश गरेको धितो नै नक्कली भएको फेला परेपछि बैंकका कर्मचारीहरु चकित परे । उल्लेख गरिएको जग्गा, लालपूर्जा, नक्सा, ब्लुप्रिन्ट, नगरपालिकाको सिफारिस सबै नक्कली भएको फेला पर्यो । यस मामिला धितो मूल्याड.कर्ता, निरीक्षण गर्ने बैंकका कर्मचारी र ऋण प्रबाह गर्नेहरु पनि शंकाको घेरामा परेका छन् । धितो रोक्का गर्ने मालपोत कार्यालयले पनि कसरी रोक्का गर्यो भन्ने गंभीर प्रश्न उब्जिएको छ ।
जानकारहरुका अनुसार कर्जा लिने बुढाथोकी विगत दश बर्षदेखि काठमाडौको कोटेश्वरमा बस्दै आएका थिए । उनले आफु उद्योगी भएको भन्दै विभिन्न ब्यक्तिहरुलाई प्रभावित पार्ने गर्थे । त्यसैको फाईदा उठाउँदै उनले बैंकबाट कर्जा लैजान सफल भए । तर धुलिखेलका स्थानीय बासिन्दाहरु कसैले पनि उनलाई नचिनेको बताउँछन् ।
ग्लोबल आईएमई बैंकका क्षेत्रपाटी शाखा प्रमुख दिपेशराज शाक्य बुढाथोकीले नक्कली धितो राखेर कर्जा लगी फरार भएकाले कानुनी कारबाही अगाडि बढाईएको पुष्टि गर्नुभएको छ । यस विषयमा बैंकले राष्ट्र बैंकलाई पत्र लेखेर जानकारी गरार्इसकेको राष्ट्र बैंक स्रोतले जनाएको छ । उनलाई कालो सूचीमा राख्ने प्रक्रिया पनि अगाडि बढिसकेको छ । कर्जा समस्यामा परेपछि यस वापतको रकम बैंकले जोखिम ब्यहोर्ने कोषमा राखिसकेको बैंकका कर्मचारीहरुले बताएका छन् ।
काभ्रेको धुलिखेलको यस क्षेत्रका जग्गाहरुको बारेमा किर्ते र जालसाँची हुँदै आएको नापी कार्यालयका कर्मचारीहरु स्वीकार्छन ।
भूमाफियाहरुले कित्ता नम्बर १५७ देखि कित्ता नम्बर १३६६ भित्रको जग्गामा सबैभन्दा धेरै चलखेल गर्दै आएको कर्मचारीहरुको भनाई छ । यसअघि धुलिखेल वडा नम्बर १ को ३१८,३१९ र ३२० को जग्गाको नक्कली कागजात बनाई कीर्त कारोबार भएको थियो ।