स्वावलम्बन लघुवित्त बन्यो सबैभन्दा धेरै ईपीएस भएको बैंक

Feb 09, 2015 Mero Lagani



 

स्वावलम्बन लघुवित्त बिकास बैंक (SWBBL)चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म प्रति शेयर आम्दानी १४६ रुपैयाँ पुर्याएर प्रति शेयर आम्दानीका हिसावले सबैभन्दा धेरै कमाउने कम्पनी साबित भएको छ ।

बैंकले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा यस बर्षको सोही अवधिमा खुद नाफा ८० प्रतिशतले बढाएर १० करोड ९८ लाख खुद नाफा गरेको छ ।

 

बैंकले ब्याज आम्दानी ४६ प्रतिशतले र संचालन नाफा ८० प्रतिशतले बढाएको छ । बैंकको निस्क्रिय कर्जा ०.८२ बाट ०.४७ प्रतिशतमा झारेको छ । हालैको साधारणसभाबाट ४६.५ प्रतिशत बोनस शेयर दिएर चुक्ता पूँजी २२ करोड पुर्याएको बैंकको बैंकको जगेडा कोषमा चुक्ता पूँजीको दोब्बर रकम छ । बैंकले निक्षेप र कर्जालाई पनि सन्तोषजनक रुपमा बढाएको छ ।

नेपाल ईन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र नबिल बैंक मुख्य संस्थापक शेयरधनी रहेको बैंकमा सर्वसाधारणको हिस्सा कम छ । बैंकले देशैभरि कार्य क्षेत्र विस्तार गरेर लघु वित्तको कारोबार गर्दै आएको छ ।

 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।