नेरुडे र छिमेक लघुवित्त बिकास बैंकको खुद नाफामा पनि उल्लेखनीय बढोत्तरी

Feb 09, 2015 Mero Lagani



नेरुडे र छिमेक लघुवित्त बिकास बैंकले पनि चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा उल्लेखनीय रुपमा बढाउन सफल भएका छन् । नेरुडेले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा यस बर्षको सोही अवधिमा खुद नाफा २३४ प्रतिशतले बढाएर एक करोड १६ लाखबाट तीन करोड ८८ लाख पुर्याएको छ भने छिमेकले १४२ प्रतिशतले चार करोड २९ लाखबाट १० करोड ४० लाख नघाएको छ । 

नेरुडेको प्रति शेयर आम्दानी ३१ रुपैयाँ छ भने छिमेकको ७४ रुपैयाँ छ । निस्क्रिय कर्जातर्फ भने छिमेकको ०.०२ प्रतिशत र नेरुडेको १.२० प्रतिशत रहेको छ ।