नेरुडे र छिमेक लघुवित्त बिकास बैंकको खुद नाफामा पनि उल्लेखनीय बढोत्तरी

Feb 09, 2015 Mero Lagani



नेरुडे र छिमेक लघुवित्त बिकास बैंकले पनि चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा उल्लेखनीय रुपमा बढाउन सफल भएका छन् । नेरुडेले गत आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा यस बर्षको सोही अवधिमा खुद नाफा २३४ प्रतिशतले बढाएर एक करोड १६ लाखबाट तीन करोड ८८ लाख पुर्याएको छ भने छिमेकले १४२ प्रतिशतले चार करोड २९ लाखबाट १० करोड ४० लाख नघाएको छ । 

नेरुडेको प्रति शेयर आम्दानी ३१ रुपैयाँ छ भने छिमेकको ७४ रुपैयाँ छ । निस्क्रिय कर्जातर्फ भने छिमेकको ०.०२ प्रतिशत र नेरुडेको १.२० प्रतिशत रहेको छ । 




मैले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेको छु: अध्यक्ष ओली

Feb 23, 2026 11:13 AM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘जोइटिंग्रे’ घोषणा गरेका छन् । श्रीमती राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’ को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८ औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।