माथिल्लो तामाकोशीको शेयर जिल्लाबासीलाई बाड्ने अन्तिम तयारी, प्रत्येक जिल्लाबासीको भागमा ७० कित्ता पर्ने निश्चित

Feb 10, 2015 Mero Lagani



 दोलखा जिल्लाबासीका लागि माथिल्लो तामाकोसी जलविद्युतको शेयर वितरणको अन्तिम गृहकार्य धमाधम भईरहेको छ । दोलखाबासीले आयोजनको १० प्रतिशत शेयरमा फागुन महिनामा आबेदन गर्न पाउने संभावना बढेको छ ।  जिल्लाबासीको तथ्यांक संकलनको काम सकिएकाले अब शेयर वितरणको तयारी सुरु भएको बताईएको छ ।

जिल्लाको नयाँ जनसंख्याको आधारमा दोलखालीले प्रतिव्यक्ति ७० कित्ता शेयर पाउने भएका छन् । सबै जिल्लाबासीले शेयरमा आबेदन गरेनन् भने अझै बढी शेयर पर्ने संभावना पनि रहेको छ । हालै संकलित तथ्याँक अनुसार दोलखाको जनसंख्या २ लाख ८० हजार ५ सय ५८ रहेको छ । आयोजनाको अति प्रभावित लामाबगर गाविस र गौरीशंकर गाविसलाई भने प्रतिव्यक्तिले ३ सय कित्ता शेयर सुनिश्चित भएको छ । 


दोलखालीले पाउने एक अर्ब ५ करोड ९० खाल रुपियाँबराबरको शेयर फागुन २० गतेभित्र जारी हुने भएको छ । यसका लागि नेपाल धितोपत्र बोर्डले समेत अनुमति दिईसकेको छ ।

 

४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम २०७३ माघसम्म पूरा गर्ने लक्ष्यका साथ काम भईरहेको छ । स्वदेशी पूँजी, शीप र प्रबिधिमा निर्माण गरिएको यस आयोजनाको विजुली राष्ट्रिय प्रसारणमा जोडिएपष्छि मुलुकले चर्को लोडसेडिङबाट मुक्ति पाउने अपेक्षा गरिएको छ । 




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।